गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सभाका सदस्यहरूले राखेको संशोधनबमोजिम ब्रिटिस गोरखाका सन्तानलाई दोहोरो नागरिकता प्रदान गर्न नसकिने प्रस्ट्याउनुभएको छ । उहाँले दोहोरो नागरिकताको विषय संविधान र प्रचलित कानुनविपरीत रहेको उल्लेख गर्नुभयो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बहुप्रतीक्षित शिखर वार्ता शुक्रबार हुँदै छ । अलास्कास्थित अमेरिकी सैन्य अड्डामा दुई देशका राष्ट्रप्रमुखबिच युक्रेनमा युद्धविराम गर्ने सन्दर्भमा शिखर वार्ता हुन लागेको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका –१, चौलिखामा बिहीबार मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
बीस वर्षअघि सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षसँग भएको भिडन्तको क्रममा प्रहरी सहायक निरीक्षकको बायाँ खुट्टामा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकालिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा बिहीबार अपराह्नमा भएको दुर्घटना ।
मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाउनुभएको छ।
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नागरिकलाई विपदबाट जोगाउन हामीसबैले साझा दायित्व निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षण लागि आफ्नो पार्टी निरन्तर सङ्घर्षरत रहिरहने बताउनुभएको छ।
भारतीय प्रशासनअन्तर्गतको काश्मीरको एक पहाडी गाउँमा भीषण वर्षापछि आएको बाढीले ठूलो विनाश निम्त्याएको छ ।
अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारी साधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ, जुन तथ्यांक बिहीबार सार्वजनिक गरिएको छ ।
खोटाङको दिक्तेल बजारमा दस ठाउँको लाखे भेला गरेर बृहत् लाखे नाच प्रदर्शन गरिएको छ। गाईजात्राको अवसरमा जिल्ला सदरमुकाम दिक्तेल बजारमा दिक्तेल सामाजिक गुठीको आयोजनामा साउन २८ गते विभिन्न ठाउँको लाखेनाच प्रदर्शन गरिएको हो।
विभिन्न चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन दुई पुरुष खेलाडीसहित चार सदस्यीय नेपाल पौडी टोली शुक्रबार रोमानियाको ओटोपेनी जाने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती सेवा ऐन, २०४९ को दफा ७२ (क), निजामती सेवा नियमावली, २०५० को नियम ३ (क), तथा व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ बमोजिम संघीय, प्रदेश र स्थानीय तहका निकायमा व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।