नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा सम्भावना पहिल्याउन यही चैत ७ देखि १८ गतेसम्म ‘जेसिआई नेपाल बिजनेश एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश सरकार सहभागी नुहने बताउनुभएको छ ।
बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका सर्बिन महतो विजयी हुनुभएको छ।
कास्कीमा रहेका त्रिभुवन विश्वविद्यालयका तीन आङ्गीक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मङ्गलबार मतदान भएको छ। कास्कीको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पसमा भने बुधबारमात्र मतदान हुने भएको छ।
मङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ । उद्धारकर्ताहरूले दुई सय २० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
इजरायलले जनवरीको युद्धविरामपछि उक्त क्षेत्रमा सबैभन्दा घातक आक्रमण गरेपछि गाजामा रहेका इजरायली बन्धकहरूका परिवारहरूले मङ्गलबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ‘बन्धकहरूको हत्या र बेपत्ता हुने काम रोक्न’ माग गरेका छन् ।
मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ बुहमुखी क्याम्पसमा मंगलबारका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ।
श्रीभगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले जनवरीमा नाजुक युद्धविराम लागू भएपछि गाजामा भएको सबैभन्दा तीव्र इजरायली हवाई आक्रमणमा मङ्गलबार आतङ्कित भएको बताउनुभएको छ । आक्रमणमा सयौँको मृत्यु भएको छ ।
सदरमुकामको पाँचथर बहुमुखीसहित यासोक, रवि र थर्पु क्याम्पसमा बिहान ८ बजे मतदान सुरु भएर शान्तिपूर्ण रुपमा निर्धारित समयमै सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
बङ्गलादेशले वासिङ्टनकी गुप्तचर प्रमुख तुलसी गबार्डलाई उहाँको यस दक्षिण एशियाली देशमा धार्मिक हिंसासम्बन्धी टिप्पणीहरू आधारहीन र साम्प्रदायिक तनाव भड्काउने जोखिम भएको भन्दै आलोचना गरेको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मङ्गलबार कर्णाली र बागमती प्रदेश विजयी भएको छ ।
त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताउनुभएको छ ।