मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिहरू अन्त्य गर्न सबैको सहयोग आवश्यक भएको बताउनुभएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युवा क्लब अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
सानी चरीको गीत नामक चिनियाँ बाल परीकथा सङ्ग्रह लोकर्पण भएको छ । यहाँस्थित सिद्धार्थ वनस्थली इन्च्टिच्युटको तेम्बाछिरी हलमा चिनियाँ साहित्यकार लेउ तिहोङ्ग, नेपालीमा अनुवाद गर्नुभएका डा. सर्वाेत्तम श्रेष्ठ, अरनिको समाजका अध्यक्ष डा. सुशिल प्रजापति लगायतले संयुक्त रुपमा लोकर्पण गर्नुभयो ।
काठमाडौँ स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मुम्बई बेस्ड चर्चित नेपाली मोडल, नायिका तथा इन्फ्लुएन्सर अदिती बुढाथोकीलाई गुडविल एम्बेसडर नियुक्त गरेको छ ।
गाजा सहरको जेइत्नस्थित एक घरमा आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको इजरायली अकुपेसन फोर्स (आइओएफ) ले बिहीबार जनाएको छ ।
टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप पाँच वटा अभ्यास खेल खेल्ने भएको छ ।
भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्।
प्रणालीगत लैङ्गिक भेदभावले विश्वव्यापी रूपमा बालिका र युवा महिलाको शिक्षामा समान पहुँचमा बाधा पुर्याइरहेकाले विश्वभरका एक करोड ५० लाख प्राथमिक उमेरका बालिका हाल विद्यालय बाहिर रहेको युएन वुमनको नयाँ प्रतिवेदनले सार्वजनिक गरेको छ ।
भारतले सन् २०३० को राष्ट्रमण्डल खेल आयोजनाका लागि दाबी गर्ने बताएको छ । यसलाई सन् २०३६ को ओलम्पिक आयोजना गर्न क्रिकेट प्रेमी भारतले गरेको व्यापक दबाबको एक भागका रूपमा हेरिएको छ ।
पाकिस्तानको ७९ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासमा झन्डोत्तोलन गरिएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झन्डा फहराउनु भयो ।
स्पेनको उत्तरपश्चिम लियोन क्षेत्रमा लागेको डढेलोमा परी थप एक जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्री र मुख्यसचिवहरूबिच आज कार्यसम्पादन सम्झौता भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–५, पाण्डवेश्वर महादेव धाम, धारपानी परिसरमा करिब चार बिघा क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय शिव सरोवर।
युइएफए सुपर कपको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।