ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको प्रशासकीय केन्द्र थेचम्बुमा दोस्रो पाथीभरा याङ्वरक कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको हो।
कपिलवस्तुमा अवैध रूपमा नेपाल ल्याउँदै गरेको विदेशी ब्राण्डका चुरोट बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, कृष्णनगरको टोलीले अन्दाजी १५ लाख मूल्य बराबरको चुरोट बरामद गरेको हो ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।
धनकुटामा रहेका जम्मा छ वटा क्याम्पसमध्ये चार वटा क्याम्पसमा विद्यार्थी संगठनले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन गरेका छन्। मंगलबार सम्पन्न भएको धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा अनेरास्ववियु र जितपुर क्याम्पस नेपाल विद्यार्थीको नेतृत्वमा सर्वसम्मत चयन भएको हो।
भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरेका चारपाङ्ग्रे साना इभी (इलेक्ट्रिक भेकल) सवारीसाधनको मङ्गलबार नेपालगन्जमा सार्वजनिक गरिएको छ ।
सदरमुकाम खलङ्गास्थित प्युठान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा प्रमोद ओली विजयी हुनुभएको छ।
बागलुङको शान्तिदीप बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा नेपाल विद्यार्थी संघका विपना परियार सर्वसम्मत निर्वाचित हुनुभएको छ।
डिभाइडर नहुँदा दाङको घोराहीको दिपशिखा रोडमा दुर्घटनाको जोखिम बढ्दैगएको छ । सडकको स्तरोन्नति र कालोपत्रे गरिए पनि सडका डिभाइडर नबनाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरुको गुनासो छ ।
मकवानपुरको मकवानपुरगढीमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ । मङ्गलवार बिहान आगलागी हुँदा मकवानपुगढी गाउँपालिका –२ बासपानीका कृष्णबहादुर दर्लामी मगरको घरगोठ जलेर नष्ट भएको हो ।
रुपन्देहीको सियारी ४ छपियामा रहेको लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको हो।
सर्लाहीमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार जिल्लाका ३८ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई परीक्षा सञ्चालनका सम्वन्धमा अभिमुखीकरण प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिनुभयो ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा आगलागी हुँदा तीनवटा घर जलेका छन्।
प्रतिनिधिसभा, अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि आज छलफल भएको छ । विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले भन्सारका कर्मचारीलाई विभागीय कारबाहीको विषय हटाएको छ ।
गलकोट बहुमुखी क्याम्पस बागलुङको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रभात साहनी निर्वाचित हुनुभएको छ।
नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा सम्भावना पहिल्याउन यही चैत ७ देखि १८ गतेसम्म ‘जेसिआई नेपाल बिजनेश एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।