जात्रामा स्थानीय लोक बाजाको तालमा हली, बाउसे, रोपाहार लगायतका पात्रले जातीय भेषभूषामा सजिएर बजार परिक्रमा गर्दा दर्शकको भीड लागेको थियो ।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसबाट सिन्धुली जिल्लामा एक वृद्धको मृत्यु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सिडिई) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्ना पूर्व सल्लाहकार एलन मस्कलाई खुसी पार्ने सम्भावित कदममा केही वातावरणीय समीक्षाहरू हटाउनेसहित निजी अन्तरिक्ष उद्योगका लागि नियमहरू सजिलो बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
वैज्ञानिकहरूले अस्ट्रेलियाली जङ्गली चराहरूमा लिङ्ग परिवर्तन (सेक्स रिभर्सल) को आश्चर्यजनक दरको दस्तावेजीकरण गरेका छन् । बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण यो परिवर्तन आएको अध्ययनले देखाएको छ ।
मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्य अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले परिपत्र गरेको हो ।
एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको बैठकको आयोजना गर्ने अमेरिकी राज्य अलास्का, रुसमा साम्राज्यवादी पुरानो स्मृति र प्रायः कम गम्भीर क्षेत्रीय दावीको स्रोत हो ।
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले साउन ३१ गते शनिबार आफ्नो जलाशय सफा गर्ने भएको छ ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस–२ छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
नेकपा (एमाले) कोसी प्रदेश कमिटीले आधिकारी फेसबुक, टिकटक र युट्युब एकाउन्ट सञ्चालनमा ल्याएको छ । धनकुटाको हिलेमा साउन २७ र २८ गते चलेको प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको क्रममा आधिकारिक एकाउन्ट सार्बजनिक गरिएको हो ।
अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल र आसपासका क्षेत्र । समुद्री सतहदेखि दुई हजार ८३० मिटर उचाइमा यो ताल रहेको छ ।