संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो ।
कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठुला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ ।
स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रियामै अल्झिदा म्याग्दीको अन्नपूर्ण, मालिका र मङ्गला गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न सकेका छैनन् ।
शुक्लाफाँटा नगरपालिका–७, सिमलफाँटाका बासिन्दा दुई सातादेखि जङ्गली हात्तीको त्रासमा बाच्न बाध्य छन् । रात पर्नुअघि नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने हात्तीले स्थानीयको धानबालीमा क्षति गर्दै आएका छन् ।
विसं १९५८ मा स्थापना भएको गोरखापत्रको १२४ वर्ष लामो इतिहासलाई डिजिटल स्वरूपमा रूपान्तरण गर्न २०७२ सालदेखि महत्वाकाङ्क्षी योजना सञ्चालित छ । गोरखापत्र डिजिटल अर्काइभ परियोजना अन्तर्गत हालसम्म गोरखापत्रका ८० वर्षभन्दा बढी समयका अङ्कको डिजिटाइजेसन सम्पन्न भएको छ ।
बाँकेमा भूमि समस्या समाधान आयोगले धमाधम जग्गाधनी प्रमाणपत्र वितरण गरिरहँदा राष्ट्रिय आवास कम्पनी लिमिटेडको कार्यक्षेत्र रहेको दाबी गरिएको साविकको पुनर्वास क्षेत्रका सयौं विघा जग्गामा स्वामित्वको विवाद आएको छ ।
लमजुङमा व्यवसायिक दुध उत्पादनमा उल्लेख्य वृद्धि भएको छ ।
अर्जेन्टिनाका विभिन्न अस्पतालमा ब्याक्टेरियाबाट सङ्क्रमित भएको फेन्टानिलको मात्रा बिरामीलाई दिँदा कम्तीमा ८७ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताउनुभएको छ ।
बागलुङमा रहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतमा गाभिएको विरोधमा बागलुङका राजनैतिक दल र व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।
लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबिच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुनेछ ।