सहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरूमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।
काठमाडौँ, चैत्र ५ गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक [आइजिपी] दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।मङ्गलवार बिहान गृह मन्त्रालयमा एक समारोहका बिच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औँ आइजिपी बन्नुभएको छ । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताउनु भयो । अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै गृह सचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमानदारिताका साथ पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षा र सुव्यवस्थाको विषय देखिने विषय मात्रै नभई अनुभूत गर्ने विषय भएकाले आम नागरिकले अनुभूति गर्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु सबैको कर्तव्य भएको बताउनु भयो । आम नागरिकका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउनु भयो । उहाँले सरकारप्रति नकारात्मक धारणा आइरहेको अवस्थामा सुरक्षा चुनौती पनि थपिरहेको बताउनु भयो । सडक दुर्घटना न्यूनीकरण, लागूपदार्थ दुर्व्यसनका घटना न्यूनीकरण गर्न,साइबर अपराधका घटनाहरूको न्यूनीकरण जरुरी रहेको बताउनु भयो ।
प्रहरीले अवैध रकमसहित पक्राउ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थायी ठेगाना भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा बसोबास गर्दै आएका ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गाउँमा भाइरल ज्वरोका बिरामी बढेसँगै दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन् । यहाँको मालिकार्जुन र दुहुँ गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा थालेका हुन् ।
हामी राजनीतिक दलले निर्वाचनको समयमा जनतासामु राखेका प्रतिबद्धता पूरा गर्न सकेका छैनौँ । कुनै एउटा मात्र राजनीतिक दलले होइन, सबै राजनीतिक दलले आफ्ना प्रतिबद्धता पूरा गर्न सकेका छैनन भन्ने लाग्छ । हामी मुलतः सत्तातिर नै बढी लक्षित छौँ । राजनीतिक खिचातानीमै व्यस्त छौँ । संविधानको कार्यान्वयन जति हुनुपर्ने हो, त्यति हुनसकेको छैन ।
यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिरहा र सप्तरी जिल्लाको चार सय हेक्टर जमिनमा चैते धान उत्पादनको लागि अनुदानमा दिएको चैते धानको बिउँ नउम्रिएपछि सुरुङगा नगरपालिका –७ का किसानहरू चिन्तित भएका छन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
सर्लाहीको हरिपूर्वाका एक युवकलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
दाङ, चैत ५ गते । दाङको घोराही उपमहानगरपालिका–७ स्थित घुस्रा गाउँ, बबई नदी र आसपासको भूभाग । तस्बिरः रासस
रुपन्देहीको ग्रामीण क्षेत्रका अधिकांश स्थानमा खाना पकाउनका लागि गोबरको गुइँठा प्रयोग गर्ने गरिएको छ । जिल्लाका सबैजसो पालिकाका ग्रामीण क्षेत्रका कतिपय नागरिकले अहिले पनि खाना पकाउने इन्धनको रूपमा गोवरको गुइँठाको प्रयोग गर्ने गरेका छन् ।
सर्लाहीमा पूर्वपश्चिम राजमार्ग विस्तारको काम सुस्त गतिमा अघि बढेको छ । कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्ड अन्तर्गत सर्लाहीमा साढे दुुई महिनाको अवधिमा देखिने गरी उल्ले
झापाको एक सामुदायिक वनमा एक घाइते भाले हात्ती उपचारको परखाईमा रहेको छ । मेचीनगर नगरपालिकाको वडा नंं ४ स्थित बौबन सामुदायिक बनमा ८ दिनदेखि एउटा घाइते हात्ती उपचारको पर्खाइमा रहेको हात्तीको विषयमा खोजकर्ता शङ्कर लुइँटेलले बताउनु भएको छ ।