जिल्ला सदरमुकामसमेत रहेको मान्म बजारको खाँडाचव्रm नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा पहिरो गएपछि सडक अवरोध भएको छ । कर्णाली राजमार्गको छेउमा भवन निर्माणका लागि निर्माण व्यवसायीले जग खन्दै जाँदा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । भवन निर्माणका लागि जग खन्दै गरेका दुई वटा एक्साभेटरको कम्पनले गर्दा सदरमुकाम बजार प्रवेश गर्ने मूल सडक भासिएको र
सूचनाको हक कोही ठालु, जान्नेसुन्ने भनिने वा सामाजिक अगुवा, अभियन्ता, पत्रकार वा कुनै खास विशेष वर्ग वा पेसाकर्मीका लागि मात्र नभएर आमनागरिकका लागि हो । आमनागरिकले यसको उपभोग गर्न पाउनु पर्छ र सूचना माग गरेर प्राप्त गर्ने पक्षले त्यसको ठिक ढङ्गले प्रयोग गर्नु पर्छ ।नागरिकले आफूसँग सरोकार राख्ने विषयको जानकारी पाउन गरिएको सङ्घर्षको प्रतिफलस्वरूप प्राप्त सूचना अधिकार आजको सूचना प्रविधि समाजमा नागरिकको बलियो भरोसा भएको छ । आफूसँग सरोकार राख्ने विषयका जानकारी थाहा पाउन सङ्घर्ष गर्ने कुरा मानवजातिको जिज्ञासु विशेषता र चेतपूर्ण गतिविधिसँग जोडिएको छ । आधुनिक मानव विकास कालव्रmममा भने सूचनाको अधिकारलाई कानुनी रूपमै सुरक्षित गर्ने गरी प्रयास भएको स्विडेनबाट हो । अढाई सय वर्षभन्दा लामो यो सूचना अधिकारको सङ्घर्षका सिलसिलामा विश्वभरका मानवजातिलाई सचेत र अधिकारसम्पन्न बनाउन धेरै हिसाबले बलियो बनाएको छ । सूचना, खबर वा सन्देशको प्रवाह गर्ने चलनको पनि इतिहास लामो छ । प्रविधिको विकास नहुँदा परेवा, सुगा, मैना जस्ता चरालाई प्रशिक्षित गरेर खबर पठाइने गरेको इतिहास छ । अझ विकासव्रmममा मानिसले आफूलाई आधुनिक बनाउँदै लगेपछि मानिसकै परिचालन गरेर कटवाल, माइकिङ, सार्वजनिक पुस्तकालय, सार्वजनिक स्थानका सूचनापाटी, पर्चा, पोस्टर, होर्डिङ बोर्ड आदिमार्फत सूचना दिन थालियो । अझ प्रविधिको विकाससँगै पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, वेबसाइट, एप्स, टेक्नोहब तथा सूचना प्रविधि केन्द, ओपन डाटा पोर्टलमार्फत सूचना प्रवाह र सहज बनाउन थालिए । सूचना प्रवाहको गतिलाई अन्तव्रिर्mयात्मक र जनसहभागितात्मक बनाएर प्रभावकारिता वृद्धि गर्न सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, प्रतिवेदनको प्रकाशन र अन्तव्रिर्mयामार्फत अधिकार प्रेरित सूचना प्रवाह हुने अभ्यास भयो । सूचनाको सहज पहुँच र त्यसको उपयोगले नागरिकको ज्ञान अभिवृद्धिसँगै सङ्गठित हुने, सङ्घर्ष गर्ने र आफूलाई स्थापित गराउन सहज हुने गति तीव्र भयो । उनीहरूमा आफूलाई अपडेट गराउनु पर्छ भन्ने धारणाको विकास भएसँगै सूचनाको अधिकारका लागि विश्वभर अधिकारप्रेरित कानुनी व्यवस्था हुन थाले । आज विश्वका ६० भन्दा बढी देशमा सूचनाको हक मौलिक हकका रूपमा संविधानमै व्यवस्था गरिएको छ । त्यहाँँका नागरिकलाई सूचनाको हकमार्फत अधिकारसम्पन्न नागरिक अनुभूति गराइएको छ । ज्ञान, शक्ति र सम्पत्तिका रूपमा सूचना अधिकारमार्फत नागरिक बलिया भएका छन् । नेपालको सन्दर्भमा पनि सूचनाको हकलाई कानुनमार्फत नै सुनिश्चित गर्ने काम २०६४ सालमा भएको हो । नेपालको अन्तरिम संविधान २०६३ को अधीनमा रही सूचनाको हकसम्बन्धी ऐन २०६४ जारी भएपछि नेपालमा विधिवत् रूपमा सूचना माग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित भएको हो । सूचनाको हकसम्बन्धी अधिकारको प्राप्तिका विषयसँगै यसको सन्दर्भमा देशभित्र भएका सङ्घर्षका इतिहास भुल्न हुँदैन । २०२९÷३० सालतिर मकवानपुरका रूपचन्द्र विष्टले ‘थाहा’ आन्दोलन सुरु गरेका थिए । यो नै नेपालको पहिलो सूचना अधिकार सङ्घर्ष थियो । पञ्चायती व्यवस्थामा यो आन्दोलन तत्कालीन शासकविरुद्धको आन्दोलन जस्तै भएको थियो । नागरिक तथा राजनीतिक अधिकारमा आधारित विभिन्न आन्दोलन जस्तै भएकाले पञ्चायतकालभरि भित्रभित्रै फैलिएको यो सङ्घर्षलाई २०४७ सालको संविधानले सम्बोधन गरेर धारा १६ मा मौलिक हकका रूपमा नै व्यवस्था गरेको थियो । अहिले पनि नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था छ । सूचनाको हकसम्बन्धी ऐन २०६४, नियमावली २०६५ र राष्ट्रिय सूचना आयोगको स्थापना २०६५ पनि सूचना हकलाई नागरिक अधिकारको एउटा महìवपूर्ण पाटोका रूपमा कानुनी, व्यावहारिक तथा निकायगत संरचनात्मक हिसाबले सुनिश्चित भएको महसुस भएको छ । नागरिकलाई आवश्यक सबै सूचना जुन राज्यले वर्गीकरण गरेर गोप्यता कायम गर्ने सूचीमा राखेको छ, त्यसबाहेकका सबै सूचना पारदर्शिता तथा जवाफदेहिताको महìवपूर्ण पक्ष हुन् । राष्ट्रिय सुरक्षा, अखण्डता, धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा भड्किन सक्ने वा अनुसन्धान अभियोजन प्रभावित हुने अवस्थाबाहेक सूचना माग गर्न र प्राप्त गर्न पाउने अधिकार नागरिकमा छ । सूचनाको हक प्रयोग गरी नागरिक आफ्नो अन्य अधिकार, अवसर प्राप्त गर्न सक्छन् भन्ने यो कानुनको विश्वास हो । विशेषतः सूचना अधिकार नागरिकको घरबाहिर निस्केपछिको सबैभन्दा महìवपूर्ण अधिकार रक्षाकवच जस्तै हो । नागरिकले आफूले सेवा लिने सबै सरकारी कार्यालय, मन्त्रालय, विभाग, प्रदेश तथा स्थानीय सरकार तथा तिनका शाखा, उपशाखा वा सम्बद्ध निकायसँग सम्बन्धित विषयमा सूचनाको हकमार्फत आफूसँग सम्बद्ध सूचना प्राप्त गर्न सकिन्छ । गाउँपालिका, नगरपालिका, वडा कार्यालय तथा अन्य सरकारी निकायमा दिनहुँ जस्तो नागरिकका काम परिरहेका हुन्छन् । यस्ता कामसँग सम्बन्धित सूचनाका लागि नागरिकले सूचनाको हक उपभोग गर्नु पर्छ । विभिन्न अर्धसरकारी संरचना, प्राधिकरण, संस्थान तथा निगम, राजनीतिक दल, प्रचलित कानुन अनुसार सरकारी कार्यालयमा दर्ता भएका सार्वजनिक निकाय सबैसँग नागरिकको आवश्यकताका सूचना हुन्छन् र तिनीहरूको माग गर्न नागरिकलाई अधिकार छ । यो कोणबाट हेर्दा नेपालमा सूचनाको हकको उपभोगको पाटोमा धेरै काम गर्नुपर्ने छ । राजनीतिक दल र प्रचलित कानुन अनुसार सरकारी निकायमा दर्ता भएका सार्वजनिक संस्था यति धेरै नागरिकसँग सरोकार राख्छन्, उनीहरूसँग सूचना माग्ने र प्राप्त गर्ने परिपाटी बनिसकेको छैन । पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका कोणबाट सरकारी अनुमति वा इजाजत पाएका, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका वा लगानी गरेका त्यस्ता कार्यालय, निकाय र आयोजनाको सूचना नागरिकले सहज पाउन सक्ने अवस्था बनिरहेको छैन । कानुनी सहायता लिएरै भए पनि त्यस्तो क्षेत्रको सूचना नागरिकले लिन सक्नु पर्छ, लिन पाउनु पर्छ । सूचनाको हक धेरै प्रयोग हुनुपर्ने र स्थानीय नागरिक यसको विषयमा जानकार हुनैपर्ने धेरै विषय स्थानीय तहसँग जोडिएका छन् । स्थानीय तहमा धेरै विषय नागरिकका प्रत्यक्ष चासो र सरोकारसँग जोडिएका छन्, तिनको कार्यान्वयन छिटो गर्न जरुरी छ । स्थानीय नागरिकको प्राकृतिक स्रोतसाधन तथा सम्पदासँग सम्बन्धित निर्णय वा त्यसको कार्यान्वयनको अवस्था, सार्वजनिक स्थल वा अन्य सार्वजनिक सम्पतिको अवस्था, आफ्नो स्थानीय तहभित्र भएका कामको अवस्था, त्यसको लागत, कार्यान्वयन गर्ने अधिकारी तथा लाभान्वित÷प्रभावित हुनेको अवस्थासँग सम्बन्धित धेरै विषय स्थानीय तहसँग सम्बन्धित हुन्छ । यो कोणबाट हेर्दा नागरिकले सूचनाको हकको पूर्ण उपभोग गर्न सक्ने अवस्थाको सुनिश्चित गर्ने हो भने सुशासनको उच्चतम उपलब्धि हासिल गर्न सकिन्छ । सार्वजनिक निकायबाट आधिकारिक कागज, लिखत, फोटो, भिडियो वा सबुत प्रमाणित गरेर लिन सकिने यस्ता व्यवस्थाको सही ढङ्गले प्रचार र कार्यान्वयन हुन नसक्दा समाजमा भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, अनियमितता हुने गरेको छ । नागरिक तथा राजनीतिक अधिकारको विरासतपूर्ण आन्दोलनले स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा धेरै विकृति देखिइरहेका छन् । यसको निर्मूल गर्न पनि नागरिकलाई सचेत र खबरदारी गर्न सक्ने बनाउनु पर्छ । त्यसका लागि उनीहरूलाई आवश्यक पर्ने जुनसुकै जानकारी पनि सार्वजनिक निकायले उपलब्ध गराउनु पर्छ । यसरी सूचनाको हक प्रयोग गर्ने परिपाटीले गलत व्रिmयाकलापलाई प्रश्रय दिने वा बार्गेनिङ टुलका रूपमा प्रयोग हुनेतर्फ भने सचेत हुनै पर्छ । सूचना दुरुपयोगका समाचार सार्वजनिक भएका छन्, सूचनाको माग गरेर त्यसका आधारमा सौदाबाजी गरेर दुष्कर्मको गुपचुप गर्ने सम्झौता भएका हल्ला सुनिन्छन् तर यस्तो अवस्थाको अन्त्य हुन जरुरी छ । सूचनाको हक कोही ठालु, जान्नेसुन्ने भनिने वा सामाजिक अगुवा, अभियन्ता, पत्रकार वा कुनै खास विशेष वर्ग वा पेसाकर्मीका लागि मात्र नभएर आमनागरिकका लागि हो । आमनागरिकले यसको उपभोग गर्न पाउनु पर्छ र सूचना माग गरेर प्राप्त गर्ने पक्षले त्यसको ठिक ढङ्गले प्रयोग गर्नु पर्छ । सार्वजनिक निकायलाई नियमित रूपमा जवाफदेही, पारदर्शी, उत्तरदायी र नागरिककेन्द्रित बनाइराख्नका लागि नागरिकको निरन्तर खबरदारी आवश्यक पर्छ । सम्पूर्ण निकायले स्वतः प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारी प्रकाशन भए÷नभएको, उत्तर सूचनाको तथ्यमा कुनै ढाकछोप भए÷नभएको, तथ्य अगाडिपछाडि मिले÷नमिलेकोसमेत विश्लेषण गर्ने काम नागरिकले पनि गर्नु पर्छ ।
सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिता, सदाचार अपरिहार्य रहन्छ । यसले व्यक्तिमा आत्मनियन्त्रण र स्वउत्प्रेरणा वृद्धि गर्छ । सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापर्बाही र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्छ । सरकारी कामकारबाहीलाई छिटोछरितो गराउन सहयोग पु¥याउँछ । सरकार तथा सार्वजनिक सेवाप्रति सेवाग्राहीको विश्वास अभिवृद्धि गर्छ ।देश विकासका लागि सुशासन अपरिहार्य तìव हो । सुशासनका विशेषतामा कानुनी शासन, पारदर्शिता, सदाचार, नागरिक सचेतना, जिम्मेवार राज्य संयन्त्र, सहभागिताका आधारमा नागरिक समाज, भविष्यदर्शी, खुला एवं शिक्षाप्रद नीति निर्माण आवश्यक हुन्छ । सार्वजनिक निकाय, सङ्घ संस्था, सार्वजनिक उत्तरदायित्व बोकेका संस्थामा पारदर्शिता, निष्पक्षता, कानुनी शासन, नागरिक सचेतना अति आवश्यक तìव हो । प्रजातान्त्रिक शासनपद्धतिमा उच्च पदाधिकारीको नियुक्ति प्रव्रिmयालाई पारदर्शी बनाई उनीहरूको योग्यता, क्षमता, आचरण सम्बन्धमा छलफल गराउने प्रचलन रहेको पाइन्छ । नेपालमा पनि सार्वजनिक महìवका पदमा नियुक्त हुने व्यक्तिको योग्यता, क्षमता र इमानदारिताबारे नियुक्ति हुनुपूर्व सार्वजनिक सुनुवाइ हुनुपर्ने मान्यताको माग बढ्दै गएको छ । सार्वजनिक महìवका संवैधानिक तथा अन्य राजनीतिक पदको नियुक्ति प्रव्रिmया पारदर्शी हुनु जरुरी छ । रिक्त संवैधानिक पदको पूर्ति गर्दा संवैधानिक परिषद्को कामकारबाही खुला तथा जवाफदेहीपूर्ण हुन नसकेको अवस्था छ । पारदर्शिताको सिद्धान्त अनुसार नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक परिषद्ले एउटा निश्चित र पारदर्शी प्रव्रिmयाको अवलम्बन गर्नुपर्ने विशेषज्ञको सुझाव रहेको पाइन्छ । त्यसै गरी न्यायाधीशको नियुक्ति र अन्य विशिष्ट पदाधिकारी नियुक्तिमा समेत पारदर्शिता र निष्पक्षता नरहेको पाइन्छ । नेपालको संविधानको भाग ४ राज्यको निर्देशक सिद्धान्त अन्तर्गत धारा ५१ मा सार्वजनिक प्रशासनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने भन्ने उल्लेख छ । त्यसै अनुसार कुनै पनि विशिष्ट पदमा योग्य, सक्षम र इमानदार व्यक्तिलाई नियुक्त गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी नियुक्तिपूर्व प्रस्तावित उम्मेदवारका सम्बन्धमा सार्वजनिक बहस हुनुपर्ने व्यवस्था गरिएको छ । संवैधानिक निकायका पदाधिकारीको नियुक्तिका लागि संवैधानिक परिषद् वा न्याय परिषद्ले गर्ने सिफारिसलाई पारदर्शी, उत्तरदायी र निष्पक्ष बनाउन परिषद्बाट प्रस्तावित नामावली संसद्मा पठाई संसदीय सुनुवाइ गर्ने गरिएको छ । समितिले अनुमोदन गरेपछि मात्र संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्ने गरिन्छ । प्रजातान्त्रिक शासनपद्धतिमा उच्च पदाधिकारीको नियुक्ति प्रव्रिmयालाई पारदर्शी बनाई उनीहरूको योग्यता, क्षमता, निष्पक्षता सम्बन्धमा सार्वजनिक छलफल गराउने प्रचलन रहेको पाइन्छ । अमेरिका र दक्षिण अफ्रिकामा संसदीय समितिमार्फत पूर्ण छलफल गराई प्रस्तावित उम्मेदवारको नाम स्वीकृत वा अस्वीकृत गर्ने परिपाटी रहेको छ । बेलायतमा पनि उच्च पदाधिकारीलाई औपचारिक रूपमा नियुक्ति गर्नुपूर्व संसद्भित्र र बाहिर प्रस्तावित व्यक्तिका सम्बन्धमा सार्वजनिक छलफल हुने गर्दछ । सार्वजनिक छलफलको मुख्य उद्देश्य गलत एवं अयोग्य व्यक्तिको चयन उच्च पदमा नहोस् भन्ने हो । नेपालमा पनि संवैधानिक पद वा विश्वविद्यालयका पदाधिकारी वा अन्य क्षेत्रका विशिष्ट पदाधिकारीको छनोट प्रव्रिmया पारदर्शी र निष्पक्ष हुनु जरुरी छ । संवैधानिक पदका अतिरिक्त अन्य राजनीतिक नियुक्तिका पदमा पनि चयन प्रव्रिmया पारदर्शी, स्वतन्त्र र निष्पक्ष नरहेको आरोप लाग्ने गरेको छ । चयन प्रव्रिmया स्वेच्छाचारी हुनु हुँदैन । संवैधानिक पद तथा राजनीतिक नियुक्तिमा बढीभन्दा बढी सक्षम र योग्य व्यक्तिको चयन नभएसम्म ती निकायको प्रभावकारिता बढ्न सक्दैन । सरकारी निकायको कार्यप्रणालीमा पारदर्शिताको कमी देखिएको छ । कुनै सार्वजनिक अधिकारीले आफ्नो अधिकारको दुरुपयोग गरेको वा सार्वजनिक कोषको दुरुपयोग गरेको कुरा थाहा पाउने जोसुकै वा मातहतका कर्मचारीसमेतलाई त्यस्तो जानकारी वा सूचना सार्वजनिक गर्न पाउने अधिकारको व्यवस्था विभिन्न मुलुकमा गरिएको पाइन्छ । सार्वजनिक हित संरक्षणार्थ तथा सूचनाको हक अन्तर्गत यस्ता कुराको जानकारी दिनु उचित मानिन्छ । यस्तो कानुनी व्यवस्था संयुक्त राज्य अमेरिका, स्विडेन तथा दक्षिण अफ्रिका आदि देशमा रहेको पाइन्छ । कुनै मन्त्री, राजनीतिक पदाधिकारी वा कर्मचारीको कामकारबाहीबाट राष्ट्रको सुरक्षा र सम्मानमा आघात पार्ने अधिकार तथा स्रोतसाधनको दुरुपयोग, राष्ट्रहित तथा प्राकृतिक स्रोतको प्रयोगमा विचलन वा कर्मचारीको निष्पक्षता र स्वतन्त्रतामा हस्तक्षेप भएको छ वा हुन लागेको छ भन्ने कुनै पनि कर्मचारीलाई लागेमा त्यसबारे सूचना, जानकारी वा उजुरी सम्बन्धित निकायमा दिई वा प्रकाशन गरी खबरदारी गर्न सक्ने छन् तर राष्ट्रिय सुरक्षा, कूटनीतिक मामिला र दुई देशबिचको मैत्री सम्बन्धमा खलल पर्ने सूचना सम्बन्धित अधिकारीलाई गोप्य रूपमा दिनुपर्ने छ । आमनागरिकको जीवनमा अनुभूतियोग्य सकारात्मक परिवर्तन ल्याउनु १६ औँ योजनाको मूल उद्देश्य हो । यसका लागि योजनाले तय गरेको सोचबमोजिम क्षेत्रगत रूपमा योजनाका प्रमुख उद्देश्य रहेका छन् । राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापना गर्नु, मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु १६ औँ योजनाको प्रमुख उद्देश्य रहेको छ । यसै अनुरूप नेपालको सार्वजनिक पदधारण गर्ने व्यक्तिको आर्थिक व्रिmयाकलाप पारदर्शी नभएमा नैतिक मूल्यमान्यतामा ह्रास आई भ्रष्टाचार बढ्ने छ । संवैधानिक पद तथा राजनीतिक नियुक्तिमा बढीभन्दा बढी सक्षम र योग्य चयन नभएसम्म ती निकायको प्रभावकारिता बढ्न नसक्ने देखिन्छ । त्यसैले नेपालको विश्वविद्यालय तहदेखि संवैधानिक पदपूर्ति किन नहोस् वा अन्य विशिष्ट पदमा चयन गर्दा निष्पक्ष, स्वतन्त्र, पारदर्शी हुनु आवश्यक छ । योग्य, सक्षम व्यक्ति नियुक्त हुँदा सम्बद्ध निकायको प्रभावकारिता बढ्नुका साथै जनमानसमा पनि एक किसिमको विश्वास जागृत हुन्छ । ती निकायको सेवा प्रवाहमा भिन्नता आउँछ । नियुक्त हुने व्यक्तिमा हुने उच्च नैतिक चरित्रले काम गर्ने शैली फरक हुन्छ । नैतिक बलका आधारमा हरेक काम परिणाम ल्याउने खालको हुन्छ । यस्तै सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिता, सदाचार अपरिहार्य रहन्छ । यसले व्यक्तिमा आत्मनियन्त्रण र स्वउत्प्रेरणा वृद्धि गर्छ । सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापर्बाही र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्छ । सरकारी कामकारबाहीलाई छिटोछरितो गराउन सहयोग पु¥याउँछ । सरकार तथा सार्वजनिक सेवाप्रति सेवाग्राहीको विश्वास अभिवृद्धि गर्छ । महìवपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम तथा संरक्षण गराउँछ । सुशासन कायम गर्न पारदर्शिताले सहयोग पु¥याउँछ । राष्ट्रसेवक कर्मचारी सक्षम, योग्य, सदाचारी, पारदर्शी भएनन् भने जनताले सुलभ सेवा पाउँदैनन् ।
ढिलो नगरी सकभर सरोकारवालाको भावनालाई आत्मसात् गर्दै शिक्षासम्बन्धी विधेयक पारित गर्नु मुलुकको शैक्षिक प्रणालीप्रति हित हुने छ । कानुन निर्माताले निर्माण गर्ने शिक्षा ऐन बहुजन हितायको भावनाबाट नै निर्माण गर्ने छन् भन्ने विश्वास गर्नु नै सबैको हितमा हुने छ ।शिक्षा ऐन, २०२८ लाई खारेज गरी विद्यालय शिक्षा ऐन, २०८० लागु गर्ने अभिप्रायबाट नेपाल सरकारले विद्यालय शिक्षा ऐनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरेको छ । उक्त विधेयक प्रतिनिधि सभाको शिक्षासँग सम्बन्धित समितिमा छलफलका क्रममा रहेको छ । यस विधेयकले समयसान्दर्भिक रूपमा धेरै राम्रा व्यवस्था गरेको अवस्था छ । जसले गर्दा अबको शिक्षासम्बन्धी बाटो यस ऐनमार्फत तय हुने अपेक्षा गरिएको छ । यस ऐनले विशेषतः विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण गर्न तथा विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी विषयलाई व्यवस्थित गर्न विद्यालय शिक्षासँग सम्बन्धित प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्ने अभिप्रायबाट यो ऐन जारी गर्ने कुरा उल्लेख गरिएको छ ।प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक तथा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था नेपालको संविधानको धारा ३१ मा गरिएको छ । यसै गरी सोही संविधानको धारा ५१ मा राज्यका नीति अन्तर्गत खण्ड (ज) मा शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सिपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्नेसहितका व्यवस्था रहेको अवस्था छ । उक्त नीतिको कार्यान्वयन कानुनी व्यवस्थाबमोजिम हुने हुनाले संविधानको धारा ५६ मा भएको राज्यको संरचना, धारा ५७ मा भएको राज्यशक्तिको बाँडफाँट तथा संविधानको अनुसूची ८ र ९ मा भएका स्थानीय तहको अधिकार एवं सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा भएका व्यवस्थालाई कार्यान्वयन गरी अधिकारमा आधारित शैक्षिक व्यवस्थाको प्रबन्ध गर्दै नेपालको समग्र विकासका लागि नैतिक मूल्यमान्यतासहितको सबल र सक्षम जनशक्ति विकास गर्न आवश्यक बल पुग्ने छ । यसै गरी विद्यालयको स्थापना र सञ्चालन, पाठ्यक्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारीको नियुक्ति, पदीय आचरण, सरुवा, कारबाही तथा अवकाशका विषयमा देशभर एकरूपता कायम हुनुका साथै शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड तथा शिक्षा मन्त्रालय अन्तर्गतका संरचनात्मक व्यवस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी हुन गई संवैधानिक व्यवस्था अनुरूपको सङ्घ, प्रदेश तथा स्थानीय तहको काम, कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था हुने छ । यो ऐन बनाई कार्यान्वयनमा भएपश्चात् यस ऐनमार्फत विभिन्न उपलब्धि हासिल हुन सक्ने अपेक्षा गरिएको छ । यसमा प्रथमतः नेपालको संविधानका मौलिक हक तथा राज्यका नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने छ । दोस्रो, नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनमा सहयोग पुग्ने कुरा उल्लेख गरिएको छ । तेस्रो, शिक्षा क्षेत्रको समग्र व्यवस्थापन, सञ्चालन र नियमन भई संविधान तथा पाठ्यव्रmमले राखेका अपेक्षा पूरा गर्न सहयोग पुग्ने छ । चौथो, शिक्षाको गुणस्तर सुनिश्चित गर्न सहयोग पुग्ने छ भन्ने अपेक्षा गरेको छ ।नेपालमा शिक्षा विधेयक राष्ट्रियस्तरमा उल्लेखनीय ध्यानाकर्षण भएको विधेयकका रूपमा देखिएको छ । जसमा निरन्तर छलफल र बहस भइरहेका छन् । प्रतिनिधि सभाको सम्बन्धित समितिमा रहेको शिक्षा विधेयकमा सम्बन्धित सरोकारवालाको आआफ्नो चासो र चिन्ता रहेको देखिन्छ । जसमध्ये विधेयकमा उठाइएका केही विवादित विषय देहायबमोजिम रहेको पाइन्छ:विकेन्द्रीकरण र स्थानीय तहको व्यवस्थापन : विधेयकमार्फत विगतको केन्द्रीय व्यवस्थापकीय पद्धतिलाई स्थानीय तह अर्थात् नेपालको संविधानबमोजिम विकेन्द्रित पद्धतिको अनुसरण गरेको अवस्था छ । यस कार्यलाई कतिपयले सहजसाथ स्वीकार गरेको अवस्था छैन । साथै विधेयकले नेपालको सङ्घीय संरचनाको कार्यान्वयनमा शिक्षा प्रणालीले स्वीकार गर्ने कुरामा जोड दिएको छ । जसले गर्दा स्थानीय तहमा विशेष गरी सामुदायिक विद्यालयको व्यवस्थापनको अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने उल्लेख छ, जुन विषयमा बढी विवाद रहेको देखिन्छ ।पेसागत सुरक्षाको चिन्ता र चासो : स्थानीय तहमा विशेष गरी सामुदायिक विद्यालयको व्यवस्थापनमा स्थानीय तहमा धेरै अधिकार हस्तान्तरण भएपछि यस परिवर्तनले गर्दा हाल कार्यरत शिक्षकलाई आफ्नो पेसा वा जागिरको सुरक्षामा नकारात्मक प्रभाव पर्ने चिन्ता र चासो रहेको देखिन्छ । यसबाहेक शैक्षिक मामिलामा स्थानीय राजनीतिको बढी प्रभाव रहने सम्भावनाले चिन्ता बढाएको देखिन्छ । जसले गर्दा समग्र शैक्षिक वातावरणमा एकपक्षीय रूपमा राजनीतिकरण हुने दृढ सम्भावनाबारे कुरा उठेको छ । यसमा मुख्य गरेर शिक्षकउपर अनुशासनात्मक कारबाही गर्ने अधिकार स्थानीय तहलाई दिने विषयले गर्दा बढी राजनीतिक हस्तेक्षप हुने आकलन गरिएको छ । जसले गर्दा शिक्षकको सेवाको सुरक्षा तथा व्यावसायिक स्थितिको स्पष्टताको चिन्ता उल्लेख गरिएको पाइन्छ । यसले शिक्षकको पेसा वा सेवाको सुरक्षाप्रति बढी चिन्ता रहेको देखिएको छ । यसैले यो विषयलाई कसले कसरी सम्बोधन गर्ने भन्ने कुरा अहम् रूपमा देखा परेको छ ।पाठ्यक्रम र गुणस्तर : २१ औँ शताब्दीको मागसँग मिल्दोजुल्दो पाठ्यक्रम हुनुपर्नेमा आजको शिक्षाले बढी जोड दिनु पर्छ तर स्थानीय तहको नेतृत्वबाट त्यस्तो कार्य हुन सक्दैन कि भन्ने आशङ्का पनि गरिएको छ । जसले गर्दा आधुनिक तथा प्राविधिक सिपको गुणस्तरमा स्थानीय तहको ध्यान जान सक्दैन भन्ने भनाइ रहेको देखिन्छ । पाठ्यक्रम सुधारका नाममा स्थानीय तहलाई मात्र उपयोग हुने पाठ्यक्रमको विकास भएमा त्यसबाट २१ औँ शताब्दीको चुनौतीलाई सामना गर्ने जनशक्ति उत्पादन हुँदैन भन्ने तर्क पनि अगाडि सारिएको छ ।डिजिटल साक्षरता : विधेयकले डिजिटल शिक्षामा जोड दिएको देखिन्छ तर आलोचनात्मक सोच र समस्या समाधानका लागि कसरी यसको व्यवस्थापन गर्ने भन्ने कुरामा कुनै ध्यान दिइएको छैन । विशेषतः यस्ता प्रकारका कार्यलाई ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि सहजता छैन भन्ने कुरा उठाइएको छ । जुन कार्य एक चुनौतीका रूपमा देखा परेको छ ।सङ्घीयताको कार्यान्वयनमा स्रोतको व्यवस्थापन : नेपालको संविधानले परिकल्पना गरेको सङ्घीय संरचनालाई शैक्षिक माध्यममार्फत पूर्ण रूपमा कार्यान्वयन गर्न शिक्षा विधेयक महìवपूर्ण छ । तथापि त्यस्तो कार्यलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि स्पष्ट दिशानिर्देश र सहज कार्यान्वयन सुनिश्चित गर्न पर्याप्त स्रोत आवश्यक पर्ने भए पनि त्यस्तो प्रकारको स्रोतको सुनिश्चितलाई विधेयकमार्फत ध्यान दिइएको छैन भन्ने कुरा पनि विवादमा नै रहेको देखिन्छ ।बाल अधिकारको विषय : यस शिक्षा विधेयकले बालबालिकाको अधिकारको रक्षा गर्छ भन्ने कुरा जोड दिइएको छ तर अन्य कानुनमा समेत बालबालिकाको अधिकारको सम्बन्धमा व्यवस्था गरिएको र त्यस्ता कानुनी व्यवस्थाको कार्यान्वयन गर्नका लागि विद्यालयबाहेक अन्य संस्थासमेत कार्यरत रहँदै आएको छ । यसैले त्यस्ता निकाय वा संस्थाबिच समन्वय गरी कसरी बालबालिकालाई शिक्षाको पहुँचमा वृद्धि गर्ने भन्ने कुरामा विधेयकमा कुनै स्पष्ट व्यवस्था छैन भन्ने कुरा पनि उठाएको पाइन्छ ।साबिक कानुनी व्यवस्थाको निरन्तरताको प्रश्न : वर्तमान शिक्षा ऐनले गरेका कतिपय राम्रा व्यवस्थालाई यस विधेयकले स्वीकार गरेको छैन । उदाहरणका लागि चार वर्ष उमेर पूरा गरेका बालबालिकालाई एक वर्षको प्रारम्भिक बाल शिक्षा दिने विद्यालयसम्बन्धी व्यवस्था, घुम्ती विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था, तोकिएबमोजिम सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सक्ने व्यवस्था जस्ता कुरालाई यस विधेयकले खासै सम्बोधन गरेको देखिँदैन ।पहुँच विस्तार : राज्य संरचनाका तीन वटै सरकारले शैक्षिक अवसरको विस्तार र शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिए पनि त्यस्ता कार्यलाई समन्वयात्मक हैसियतमा विकास गर्न सकिएको छैन । जसले गर्दा कुनै विद्यालय धेरै सुविधासम्पन्न रहेको पाइन्छ भने कतिपय विद्यालयमा आधारभूत कुराको पनि अभाव रहने गरेको छ । यसैले यसको व्यवस्थापनको आवश्यकता देखिन्छ ।शिक्षाको गुणस्तर : अझै पनि विविध कारणले गर्दा कतिपय विशेष गरी दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु चुनौतीपूर्ण नै छ । यस विषयलाई विधेयकले समाधान दिएको छैन भन्ने गुनासो रहेको छ । यसै गरी शिक्षामा लैङ्गिक असमानतालाई सम्बोधन गर्न र बालिकाका लागि समान पहुँच सुनिश्चित गर्न प्रयास भइरहेका छन् तर यसमा विशेषतः दुर्गम र मधेश प्रदेशमा सहजता देखिएको छैन ।यसैले यो बुझ्नु आवश्यक छ कि शिक्षा विधेयक एक जटिलतातर्फ जाँदै गरेको अवस्था छ । यस विधेयकमा विभिन्न सरोकारवालाले विविध दृष्टिकोण व्यक्त गरिरहेका छन् । जुन कतिपय अवस्थामा समाधान गर्न सक्ने सहज अवस्था देखिँदैन । यसर्थ ढिलो नगरी सकभर सरोकारवालाको भावनालाई आत्मसात् गर्दै शिक्षासम्बन्धी विधेयक पारित गर्नु मुलुकको शैक्षिक प्रणालीप्रति हित हुने छ । साथै कानुन निर्माताले निर्माण गर्ने शिक्षा ऐन बहुजन हितायको भावनाबाट नै निर्माण गर्ने छन् भन्ने विश्वास गर्नु नै सबैको हितमा हुने छ ।
सुनसरीमा केही वर्षअघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यस पटक कमी आएको छ । विभिन्न रोग र किराको प्रकोप बढेपछि सूर्यमुखी खेतीमा कमी आएको हो । विभिन्न रोग किरा र मौसमले
जलवायु परिवर्तनले विश्वमा अनेक जटिलता थप्दै छ । ती जटिलताका निम्ति विश्वव्यापी सचेतना पनि नबढेको होइन । औद्योगिक व्रmान्तिपछि अधिक जैविक इन्धनको दोहनले विश्व तापमान निरन्तर बढ्दै छ । हिउँ पग्लन थालेका छन् । पृथ्वीको पर्याचव्रmमा अवरोध आएको छ । अप्रत्याशित अतिवृष्टि, बाढीपहिरो, अनावृष्टि, सुनामी, चव्रmवात आदिले विश्वभर जनधनको ठुलो क्षति गर्दै छन् । जलवायु परिवर्तनका कारण खोजेर त्यसको न्यूनीकरण गर्ने प्रयास हुँदै छन् । विगत तीन दशकमा जलवायु परिवर्तनका असर न्यूनीकरणका निम्ति विश्वव्यापी तवरमा अनेक प्रयास भए । बढ्दो विश्व तापमानको अवस्थालाई पूर्वऔद्योगिक युगमा फर्काउने पेरिस सम्झौतालगायतका प्रयास सराहनीय छन् । हरित ऊर्जातिरको विश्व प्रयास गन्तव्य उन्मुख छ तर कतिपय प्रयासलाई फेरि उल्टाउने यत्नसमेत भइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पेरिस सम्झौताबाट अमेरिका पछाडि हट्ने पछिल्लो निर्णय मात्र होइन, अमेरिका फेरि जैविक इन्धनतर्फ व्यापक अन्वेषण र उत्पादनमा लाग्ने निर्णय चिन्ताजनक छ । बर्सेनिको विश्व जलवायु सम्मेलन केही आशातर्फ उन्मुख हुँदा यस्ता कतिपय निराशाका बादलसमेत छन् । विश्वको तेस्रो धु्रव सर्वोच्च शिखर सगरमाथाको गौरव बोकेको नेपाल जलवायु परिवर्तनका असरप्रति संवेदनशील छ । यो संवेदनशीलतालाई कार्यरूप दिन नेपालले सगरमाथा संवादको विश्व मञ्चको नवीन अवधारणा ल्याएको छ । सगरमाथा संवादको सो नवीन अवधारणा आगामी २०८२ जेठ २ देखि ४ सम्म काठमाडौँमा हुनु नेपालको गौरवको विषय हो । सगरमाथा संवादको आयोजक नेपाल सरकार रहेको छ । पाँच वर्षअघि नै तत्कालीन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद आयोजना गर्न तयारी थाल्नुभएको थियो । विश्वव्यापी रूपमा आएको कोभिड–१९ ले संसारलाई प्रभावित पार्दा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि सम्भव भएन । वर्तमान सरकारको नेतृत्वमा आएसँगै प्रधानमन्त्री ओलीले यो महŒवपूर्ण कार्यव्रmमलाई फेरि कार्यरूपमा ल्याउनुभयो । अहिले सगरमाथा संवादको तयारी आरम्भ भइसकेको छ । सगरमाथा संवादको पहिलो संस्करण हिमाल संरक्षणमा केन्द्रित हुने छ । हुन पनि नेपाललाई जलवायुजन्य पीडाबाट मुक्त गराउन विश्वव्यापी प्रयास जरुरी छ । भूगोलले नेपालीमा सर्वोच्च शिखरसँगै महŒवपूर्ण हिमशृङ्खला दिए पनि हिमाल र हिउँ साझा सम्पत्ति हुन्, जोगाउनु जरुरी छ । सगरमाथा संवादको पहिलो संस्करणको हालसम्म भएका प्रगतिबारे आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । प्राप्त जानकारी अनुसार संवादमा सहभागी हुन ४५० जना विदेशी पाहुनालाई निम्तो गरिएको छ । संवाद आयोजनाका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरी तयार अगाडि बढाइएको हो । हिमाली मुलुक नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा बहस गरी विश्वको ध्यानाकृष्ट गर्ने यो उपयुक्त अवधारणा हो । यो अवधारणाले सगरमाथा संवाद नवीन अन्तर्राष्ट्रिय मञ्चका रूपमा समेत विकास हुन सक्ने सम्भावना देखिन्छ ।सगरमाथा संवाद नेपाल सरकारको कार्यव्रmम भएकाले सम्पूर्ण नेपाली जनताको सहयोगले यो सफल हुने छ । आयोजकका रूपमा सरकारका तीन निकाय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले यसको समन्वय गरिरहेका छन् । तयारीका व्रmममा सूचना प्रविधिको अधिकतम उपयोग गरी सचिवालयलाई चुस्त बनाइएको छ । सगरमाथा संवादले हरित ऊर्जा प्रवर्धनलाई प्राथमिकता दिने छ । नेपालमा हरित ऊर्जाको मूल स्रोत जलविद्युत्मा धेरै सम्भावना हुँदाहुँदै त्यसबाट अपेक्षित लाभ लिन सकिएको छैन । जलविद्युत् लाभका निम्ति समेत यो अनुपम मञ्च बन्न सक्छ । जलवायु परिवर्तनका असरले नेपालले हानि नोक्सानी बेहोरेको कुरा विश्व समुदायलाई जानकारी गराउनु पनि छ । नवीन प्रविधि, विश्व जलवायु जोखिम साझेदारीलगायतका विषयमा यो मञ्च उपयोगी हुन सक्ने छ । सरकारले एक करोड विनियोजन गरी आरम्भ गरेको तयारीमा सकभर निजी क्षेत्रका साथै अन्तर्राष्ट्रिय विकास साझेदारलाई पनि सहभागी गराउन सक्दा सरकारलाई ठुलो वित्तीय दायित्व नपर्न सक्छ । तयारीका व्रmममा त्यसतर्फ समेत ध्यान दिनु उचित देखिन्छ । यस पटक ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ नामक मुख्य विषय भए पनि संवादमा लभगभ एक दर्जन सत्रले आयामिक विषय उठान गर्न सक्ने छन् । हिमाललाई सागरसम्म जोड्न सक्ने बौद्धिक बहसले समकालीन विश्वव्यापी मुद्दालाई सम्बोधन गर्न सक्ने छ । निष्कर्षमा सगरमाथा संवाद नेपालले गौरव गर्ने कार्यव्रmम बन्न जरुरी छ ।
मकवानपुरको कैलाश गाउँपालिका पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, हावापानी र धार्मिक तथा पर्यटकीय महìवका विभिन्न स्थल रहेको कैलाशमा पछिल्लो समयमा आवागमन बढेको हो । प्राकृतिक गुप्तेश्वर गुफा, जिप लाइन र पर्यटकीय स्थलका कारण पछिल्लो समय कैलाश पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । कैलाश–२ स्थित वैकुण्ठको आकर्षक पार्कहरू, गुम्बालगायतका संरचना निर्माण भएसँगै धादिङ, मकवानपुर र चितवनका पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको हो ।
अमरराज नहर्कीतनहुँ, चैत ५ गते । तनहुँको म्याग्दे गाउँपालिका– ६ ओटाङदीस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा म्याग्दे–२ जामुनेका ३० वर्षीय सुकबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । ग१त ५६८९ नम्बर ट्याक्टर अनियन्त्रित भएर सडकमा पल्टिँदा घटनास्थलमै बिकको मृत्यु भएको थापाले बताउनुभयो । ट्याक्टरमा चालक प्रकाशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनुभयो ।
हुम्ला जिल्लाका बेरोजगार महिलालाई ढाकाको कपडा बनाउन सिकाइएको छ । जिल्लामा पहिलो पटक ढाका बुनाइ तालिम प्रदान गरेर स्वरोजगार बनाउनुका साथै ढाकाका कपडा बनाउन तालिम प्रदान गरिएको हो ।
हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना हिल्सा–सिमकोट सडक आयोजनालाई बजेट र जनशक्तिको अभाव भएको छ । दरबन्दी अनु
अछाम, चैत ५ गते । अछाम जिल्लाको बटुलासेन आसपास केन्द्रबिन्दु भएर मङ्गलवार बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४.३ को भूकम्प गएको छ।नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प सुदूरपश्चिम क्षेत्रमै महसुस गरिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा मानवीय हताहतको जानकारी आएको छैन।नेपाल भूकम्प प्रवृत्त क्षेत्रभित्र पर्ने भएकाले यहाँ साना परकम्पहरू जाने क्रम जारी रहन सक्ने विज्ञहरूले बताएका छन्। भूकम्पको थप विवरण सङ्कलन भइरहेको केन्द्रले जनाएको छ।
काठमाडौँ, चैत ५ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २६ पैसा र बिक्रीदर २० रुपैयाँ ३४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १० पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ ९७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ५३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
अवकाश तथा सामाजिक सुरक्षाका कार्यव्रmम सञ्चालन गर्न र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोष स्थापनाको ३५ औँ वर्षमा प्रवेश गरेको छ ।
अमरराज नहर्कीतनहुँ, चैत्र ५ गते । तनहुँमा जङ्गली च्याउ खाएर बिरामी एकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा बिरामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । थापाका अनुसार मगरले बारीमा उम्रिएको जङ्गली च्याउ व्यास नगरपालिका–६ शान्ति टोलस्थित मामाघरमा लगेर चैत १ गते पकाएर खाँदा बिरामी हुनु भएको थियो । यस्तै च्याउ खाँदा बिरामी ४ वर्षीय सुमित पुलामीको अवस्था गम्भिर छ । च्याउ खाँदा विरामी हुने अन्यमा ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, २३ वर्षीया पवित्रा मगर,४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी र ६५ वर्षीया सीता पुलामी बिरामी हुनुहुन्छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१, मानेदोभानस्थित भालचन्द्र माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको छ । जर्मनीस्थित नेपाल हिल्फे बाइलङ्ग्रिस इभीको आर्थिक सहयोगमा जनहित नेपाल नामक साझेदार संस्थाले भवन निर्माण गरेको हो ।