। वर्षामा आएको बाढीले कैयौँ बिघा खेतलाई बालुवामा परिणत गरिदिन्छ तर पनि किसान लत्तो छाड्दैनन् । उनीहरूको मेहनतले बालुवामा सुन फल्छ । त्यस्तै उदाहरणीय काम सुन भेटिने कर्णाली नदीको बालुवामा भएको छ ।
मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ९ र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सिमानामा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग चन्द्रागिरि हिल्सले ट्याक्स असुली गर्दै आएको छ ।
सरकारले नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पहिलो वरीयतामा रहनुभएका एआइजी थापालाई नेपाल प्रहरीको ३१ औँ महा
विद्यार्थी नेता उत्पादन गर्ने थलोको मुख्य रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मङ्गलबार हुँदै छ । मङ्गलबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुने भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । सोमबार एमाले मुख्यालयमा
बागलुङ नगरपालिका –१२ अमलाचौरको जंगलमा लागेको आगो गाउँ पस्दा पात्लेखेत गाउँमा दुई घर जलेर नष्ट भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विगतका अलपत्र आयोजना सम्पन्न गर्नेतर्फ प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ लाई पारित गरेको छ ।
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
सफ्टवेयर बन्द भएपछि मुगुमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ ।
नेपाल आएका हिउँदे आगन्तुक जलपन्छी चिसो भएको ठाउँतिर फर्कन थालेका छन् । अत्यधिक चिसो छल्न नेपाल आइपुगेका विभिन्न प्रजातिका जलपन्छी फेरि चिसो भएकोतिर फर्कन थालेका हुन्।
चैत ७ गतेदेखि सुुरु हुने यो वर्षको एसअइई परीक्षामा सहभागी हुुने विद्यार्थीलाई इलाममा विद्यालय पोशाक अनिवार्य गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले आज जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्राचार गर्दै विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य भएको सूचना गरेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यु–१९ पुरुष विश्वकपको एसिया छनोटका लागि खेलाडी टोली घोषणा गरेको छ ।
फोटो सर्कलले फोटो प्रदर्शनी सुरु गरेको छ । नेपालको इतिहासमा महिलाहरुले दिएको योगदानको चर्चा समेटिएको प्रदर्शनी हेर्न अहिले सर्वसाधारणको चासो बढेको छ ।