• २ भदौ २०८२, सोमबार

नृत्यकर्मी सम्मानित

blog

बुटवल समाचारदाता

बुटवल, साउन ३० गते । संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता विश्व सुप्रिमेसी ब्याटल ग्राउन्ड–२०२५ मा तेस्रो स्थान हासिल गर्न सफल बुटवलका नृत्यकर्मीलाई सम्मान गरिएको छ । बुटवलको नाश्री डान्स एकेडेमीले ‘दी ब्रेभ गोर्खाज’ टिमका नृत्यकर्मीलाई सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ऋतिक गिरी, युवानी भट्टराई, विश्व विश्वकर्मा, रवि तामाङ, आरोही काउछा, आरजु भण्डारी, सीमा आचार्य र वर्षा चौधरीलाई सम्मान गर्नुभएको हो । नगरप्रमुख पाण्डेयले निजी संस्थामार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भई पुरस्कार जितेर बुटवललाई चिनाउने कार्य गरेकोमा विजयी कलाकारलाई बधाई दिनुभयो । 

सो कार्यक्रममा विश्व सुप्रिमेसी ब्याटल ग्राउन्ड–२०२५, नेपालका निर्देशक रोशन गहतराज, नाश्री डान्स एकेडेमीका प्रशिक्षक कोरियोग्राफर मनिष नेपाली, प्रशिक्षक पूजा दर्नाल, नाश्री डान्स एकेडेमीका म्यानेजिङ डाइरेक्टर रोहन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।