नेपाल विषम प्रकारको हावापानी भएको मुलुक हो । सानो मुलुक भए पनि विविध प्रकारको हावापानी भएको हुनाले सम्भावनाका हिसाबले कृषिमा नेपाल धनी मुलुक मानिन्छ । उचित प्रकारको हावापानी भएको हिसाबले यहाँ कृषि व्यवसायको प्रचुर सम्भावना रहेको छ ।
१. ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२५ फेब्रुअरी ११ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
शक्ति सन्तुलन र नियन्त्रण १. नेपालको संविधानबमोजिम सङ्घीय संसद्ले सम्पादन गर्ने कार्यहरू उल्लेख गर्दै नेपालमा कार्यपालिका र न्यायपालिकासँगको शक्ति सन्तुलन र नियन्त्रण गर्ने सन्दर्भमा सङ्घीय संसद्को भूमिका कस्तो रहेको छ ? प्रस्ट पार्नुहोस् ।
चलचित्र ‘खेल’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहनुभएको छ ।
पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’ को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द, मिलन मोक्तानको सङ्गीत रहेको छ ।
रमेश विश्वकर्मागुल्मी, चैत ६ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका–७ वामीटक्सार गुल्मीमा निर्वाचन प्रक्रिया स्थगित भएको छ । मङ्गलबार बिहान ८ बजेदेखि शुरु भएको मतदान प्रक्रियामा १०७ मत खसिसकेपछि मतदानकै क्रममा अनेरास्ववियूको तर्फबाट असहमति जनाई निर्वाचन स्थगन भएको हो ।अनेरास्ववियुले सबै विद्यार्थीले चुनावमा भाग लिन नआएको भन्ने गुनासो सहितको निवेदन दिएको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत लिलाधर घिमिरेले जानकारी दिनुभयो । दिउँसो २ बजेसम्म मतदान प्रक्रिया चलेपनि सर्वदलिय बैठक बसेर सहमतिको प्रयास थालिएको थियो ।निर्वाचन उपर छलफल गरेर सहमति बमोजिम निर्वाचन प्रक्रिया अर्को सुचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको बताइएको छ । यता नेपाल विद्यार्थी संघ र अखिल छैठौँका विद्यार्थीहरुले भने निर्वाचन हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । मतदाताका विषयमा मंगलबार नै बसेर सवै संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेको भएपनि अन्तिम समयमा आएर चुनाव स्थगित गर्नु गैरजिम्मेवार रहेको उनीहरुको भनाइ छ । क्याम्पसमा अनेरास्ववियु र जनमोर्चा निकट अखिल (छैठौँ) बीच निर्वाचनमा प्रतिस्पर्धामा थिए । अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट लक्ष्मी पुन एवं अखिल (छैठौँ) र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलबाट कर्ण नेपाली अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।
मगर समुदायको परम्परागत पुख्र्यौली नाचको संरक्षण गर्न पाका पुस्ताले युवालाई सिकाउन थालेका छन् ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चैत ७ देखि ११ गतेसम्म काठमाडौँमा आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ ।
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ ।
मुआब्जा नदिएको भन्दै खोटाङमा सञ्चालित एक जलविद्युत् आयोजना स्थानीय नागरिकले बन्द गरेका छन् । केपीलासगढी गाउँपालिकाका स्थानीयले माथिल्लो रावा खोला साना जलविद्युत् आयोजना बन्द गरेका हुन् ।
चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तो उडान गरेको हो ।
स्थानीय सरकारमा हस्तान्तरण भई जाने ससर्त अनुदानका लागि निश्चित आयोजना वा कार्यक्रम नतोक्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सुझाव दिएको छ ।
अब बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत रकम खर्च गर्नुपर्ने भएको छ । सामाजिक उत्तरदायित्वको नाममा मनोमानी खर्च गर्नबाट नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने खर्च पारदर्शी र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको हो ।