भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो ।
पाल्पाका दुई सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी ठगीको आरोप लागेको छ । रम्भा–४, हुमिनको लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेललाई झण्डै तीन करोड रकम हिनामिना गरेको आरोप छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ ।
चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन् ।
सुरक्षित प्रसूति सेवाको विस्तार भए पनि कर्णालीमा मातृशिशु मृत्युदरमा कमी आएको छैन । यहाँ बर्सेनि विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तस्राव, इम्बोलिज्म, पाठेघर फुट्ने, गर्भवती अवस्थामा हुने कम्पनलगायतका कारण सुत्केरीले ज्यान गुमाउने गरेका छन् ।
पत्रकार उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ कृष्ण भजन सार्वजनिक भएको छ । भगवान् श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।
छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।
कैलालीको बाह्रवन साझेदारी वनमा करोडभन्दा बढी मूल्यको काठ कुहिन थालेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।
तानसेनमा ‘दोस्रो रणउजिरेश्वरी भगवती कप–२०८२’ सुरु भएको छ । ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्राको अवसरमा श्रीनगर भलिबल क्लबको आयोजनामा बिहीबारदेखि खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।
कञ्चनपुरका दुई पालिकामा छाउगोठ भत्काउने कार्य धमाधम अगाडि बढाइएको छ । असार २८ गते छाउगोठमा बसेका २८ वर्षीय कमला दमाईंको सर्पले डसेर ज्यान गएपछि सबै पालिकामा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो ।
जिल्लाको हिमाली गाउँपालिका–१, बिच्छ्यामा बुधबार राति आएको बाढीपहिरोले यहाँका स्थानीयको उठिबास भएको छ । गत बुधबार बिच्छ्याखोलामा आएको बाढी घरभित्र पसेपछि बिच्छ्यावासी उठिबास भएको हो ।
जिल्लाको बुढीनन्दा नगरपालिका–२ मा रहेको कोल्टी बसपार्क अहिले सुनसान बन्दै गएको छ । फागुनदेखि असारसम्म सदरमुकाम मार्तडी–कोल्टी सडक अवरुद्ध भएपछि सो बसपार्क सुनसान बन्दै गएको हो । यस सडक अन्तर्गत बाउलीखोलामा पुल निर्माण तथा जिल्लीको पहिरो सफा नहुँदा लामो समयदेखि घरनजिकबाट बस चढ्ने गरेका यहाँका बासिन्दाले कोल्टीदेखि मार्तडीसम्म आउजाउ गर्न निकै सास्ती खेप्नु परेको बुढीनन्दा नगरपालिका–२ का स्थानीय राधा कार्कीले बताउनुभयो ।
टीकापुर नगरपालिका–१, विशालनगरकी भारती विकलाई हातखुट्टा दुख्ने, ढाड दुख्ने, निरन्तर रक्तस्राव हुने तल्लो पेट दुख्ने समस्या छ । लगातार तल्लो पेट दुख्न थालेपछि पेटको अप्रेसन गरेर सन्चो भएको त छ तर शरीर पूरै कमजोर भएको छ ।
जुम्लाको आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । राजस्व कार्यालयले लक्ष्यभन्दा १४ करोड रूपियाँ कम सङ्कलन गरेको हो ।