साधन घर्ती म्याग्दी (दरबाङ) ,चैत ६ गते । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीमा बुधवार बिहान ग १ ज ५६१२ नम्बर बोलेरो जिप दुर्घटना हुँदा सोही वडाको च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठले जानकारी दिनुभयो । जिप सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा बिहान करिब साढे ६ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको डिएसपी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चालक ३३ वर्षीय शेरबहादुर बिक ,च्युरीबोटका ३१ नगेन्द्र गोतामे , वर्ष २२ वर्षीय भीमप्रसाद गोतामे घाइते र यमिन्द्र रसाइली घाइते हुनुभएको छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको छ । घाइते मध्ये भीमप्रसाद र यमिन्द्रको अवस्था सामान्य रहेको छ । जिपमा पाँच जना सवार थिए । घाइतेहरू मध्ये नगेन्द्र दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । भने गम्भीर घाइते चालक बिकलाई थप उपचारका लागि पोखरा पठाइएको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले उद्धार गरेका थिए ।
नवीनराज कुइँकेललमजुङ, फागुन ६ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नाममा विद्यालयको नामकरण गर्न मर्स्याङ्दी गाउँपालिकाले सिफारिस गरेको छ । चैत ३ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकामा जन्मनुभएका राष्ट्रका दुई मूर्धन्य व्यक्तित्वको नाममा विद्यालयको नामकरण गर्न सम्बन्धित निकायमा सिफारिस गरेको हो । राष्ट्रकविको जन्मथलो बाहुन डाँडामा रहेको चन्द्रोदय माध्यमिक विद्यालय र भूगोलविद् डा. हर्क गुरुङको जन्मथलो तराइँचेस्थित महेन्द्रदेव माध्यमिक विद्यालयको नाम परिवर्तनका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय र गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलगायतका सम्बन्धित निकायहरूमा सिफारिस गरिएको छ । बाहुनडाँको चन्द्रोदय माविको नाम परिवर्तन गरी राष्ट्रकवि माधवप्रसाद घिमिरे मावि र तराञ्चेस्थित महेन्द्रदेव माविको नाम परिवर्तन गरी भूगोलविद् डा. हर्क गुरुङ मावि राख्न सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरे र भूगोलविद् डा गुरुङले राष्ट्रका निम्ति पुर्याउनुभएको अतुलनीय योगदानको सम्मानार्थ विद्यालयको नाम परिवर्तन गरी उहाँहरूको नाम राख्ने निर्णय गरिएको गुरुङले बताउनुभयो ।स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने राष्ट्रकवि घिमिरेको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको बाहुन डाँडामा भएको हो । उहाँलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरि त्यसको तीन दिनपछि राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको थियो । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा २०७७ साल भदौ २ गते काठमाडौैं लाजिम्पाट स्थित आफ्नै घरमा निधन भएको थियो । उहाँको जन्मस्थान बाहुन डाँडामा माधव घिमिरे पार्क निर्माण भइरहेको स्थानीय विष्णु घिमिरेले जानकारी दिनुभयो । भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. हर्क गुरुङको लमजुङको तत्कालीन बाहुन डाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विसं १९९५ साल पुस २१ गते जन्म भएको थियो ।विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा २०६३ साल असोज ७ गते शनिवार ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । उहाँको समाधिस्थल मर्स्याङ्दी–७ ताङ्लीचोकमा उद्यान निर्माण गरिएको डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष एवं वडाध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नका लागि ‘कोसेली घर’ निर्माण सुरु गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत कोसेली घरको शिलान्यास गरिएको हो ।
शहीद बहुमुखी क्याम्पस रामपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयअगावै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका ठेकेदारलाई सम्मान गर्नुभएको छ । मङ्गलबार गोरखाको पालुङटार नगरपालिका–९, खारखोलामा डेढ वर्षमा सम्पन्न गर्नुपर्ने मोटरेबल पुल ११ महिनामै सम्पन्न भएपछि ठेकेदार मिलन खड्कालाई सम्मान गरिएको हो ।
झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।
दाङको घोराही उपमहानगरपालिकामा नगर अस्पताल निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–४ तल्लोभकारेमा निर्माण हुन थालेको १५ शय्याको नगर अस्पताल डेढ वर्षमा करिब ६० प्रतिशत काम सकिएको हो ।
नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।
नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब पाँच सय मिटर लामो छ ।
बाँके जिल्लाका विभिन्न सामुदायिक तथा चक्ला वनमा विशेष गरी सालका रुख जोगाउन वन संवर्धन प्रणाली लागु गरिएको छ ।
बाजुराको जगनाथ गाउँपालिका–६, काप्रेगोत्रीका स्थानीयले कर्णाली नदीमा बगाएको गाईले न्याय पाएको छ ।
जग्गा विवादका कारण बैतडीमा पाटन नयाँ सहर आयोजनाको कामले गति लिन सकेको छैन । यहाँ ३८ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएका संरचनासमेत प्रयोगविहीन बन्न पुगेका छन् ।
सल्यानको शारदा नदीमा पुल निर्माण भएको छ । त्रिवेणी गाउँपालिका–१, काभ्रा रामबजार र वडा नं. २ शङ्खपिपल जोड्ने शारदा नदीमा निर्माण गरिएको सो पुल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार उद्घाटन गर्नुभएको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ वटा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् ।