अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि चर्च ब्वाइज र सहलेश प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार हुने फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुर र सहलेश युवा क्लब सिरहाबिच प्रतिस्पर्धा हुने भएको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
देउडा गायक सुरेश शाहीको ‘भोले बाबा’ बोलको शिव भजन सार्वजनिक भएको छ । उहाँले भजन भनेको बुढा पुस्ताको मात्र हो भन्ने मान्यता तोड्न आफ्नो गीत सफल हुने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महोत्तरीको सोनमा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा सामाजिक विकास कार्यालय बागलुङले १४५ वटा पूर्वाधार निर्माण गरेको छ । सामाजिक विकासको क्षेत्रमा काम गर्ने मुख्य उद्देश्य भए पनि कार्यालयले मठमन्दिर निर्माण, विद्यालय भवन निर्माण र मर्मत तथा खेलमैदानलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ–बेनीे सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ ।
पर्वत जिल्लामा सामुदायिक विद्यालयका प्रधानाध्यापक शिक्षा ऐनविपरीत हुने गरी एकै व्यक्तिलाई नियुक्ति गरेर राखिएको छ । शिक्षा ऐनविपरीत प्रधानाध्यापकको कुर्सीमा लामो समयसम्म बसिरहेका प्रधानाध्यापकहरू शिक्षा ऐन २०५९ मा उल्लेख गरिएको नियुक्ति प्रक्रिया पूरा गरी आएका पनि हैनन् ।
गण्डकीका प्रदेश अस्पतालमध्ये लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको अस्पतालमा सबैभन्दा बढी सेवाग्राहीले उपचार सेवा लिएका छन् ।
तनहुँमा १४० जना भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने भएको छ । नापी कार्य सम्पन्न भएका मध्ये भूमिहीन दलित र सुकुम्वासीलाई प्राथमिकता दिएर पहिलो चरणमा वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको भूमि समस्या समाधान आयोग तनहुँले जनाएको छ ।
सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।
भारतको उत्तराखण्ड राज्य, पौडी गढवालको बाकुडास्थित बिनु नदीमा गत बुधबारदेखि बेपत्ता भएका बर्दियाका नरेन्द्र खड्काको परिवारलाई पाँच दिनसम्म खोजी गरे पनि फेला पार्न नसकेपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । बिहान पहिरो र त्यसपछिको बाढीमा परी बेपत्ता भई फेला पर्न नसकेपछि परिवारले उहाँको कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण युनिट स्थापनाका लागि चिनियाँ विज्ञ टोली बिहीबार चितवन आएको छ । चिनियाँ टोली र क्यान्सर
बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउनुहुन्छ । बाँसका वस्तु बनाउन सिपालु कालीगढ उहाँले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आउनुभएको छ ।
वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ ।
बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत पानी वितरण गर्दा मासिक रु पाँच लाख विद्युत् महसुल तिर्दै आएको छ ।