नवलपुरको कावासोती आठस्थित पूर्व पश्चिम राजमार्गको खरकट्टा जङ्गलमा बस अनियन्त्रित भएर बिच सडकमै पल्टिँदा १३ जना घाइते भएका छन् ।
प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) हुँदै आएको छ । उक्त परम्परालाई यसवर्ष पनि निरन्तरता दिन थालिएको छ ।
गुल्मीमा प्याब्सन र एन प्याब्सनले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोध गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ ।
बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि मन बहलाउने मुख्य केन्द्र बनेको छ । भोजपुर, खोटाङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर, झापालगायतका पहाडी र तराईका जिल्लातर्फ जाने सवारीसाधनहरूको लाइन लाग्ने यो चोक दिनभर पनि यात्रुको चापले गुञ्जिरहन्छ ।
हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको दर्शनका लागि आउने तीर्थालुले दानपेटिका र रसिदमार्फत साढे १० करोडभन्दा बढी भेटी चढाएका छन् ।
सप्तरी प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा एक सय किलो गाँजा फेला पारेका छन् ।
कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–६ बाहुनपुरकी दुई वर्ष छ महिनाकी बालिका पूर्णिमा चलाउनेको खाल्डोमा डुबेर ज्यान गएको हो ।
उत्तरी गोरखाको हिमालपारीको चुमनुब्री गाउँपालिकाअन्तर्गत मनास्लु पदमार्गमा फोहोर सङ्कलन र व्यवस्थापनका लागि ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ ।
केही दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोबाट दोलखाको बिगु गाउँपालिका–२ ओराङका १३ घरपरिवार जोखिममा परेका छन् ।
हेटौँडा उपमहानगरपालिका १० स्थित प्रकाश होटल नजिकै बाईपास रोडमा यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रु गम्भीर घाइते भएका छन् ।
हिल्सा सिमकोट सडकखण्डको सबैभन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडकको ढलान गर्ने कार्य भएको छ । विस्फोट गर्ने कार्य सकिएसँगै मेसिनले ढुङ्गा फुटाउने र सडकको ग्रेड मिलाउन कार्य सम्पन्न हुँदा सो सडकमा ढलान गर्ने कार्य भएको हो ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले पालिकाभित्रका घरबारविहीन अति विपन्न परिवारलाई घर निर्माण गर्ने भनि सुरु गरेको योजना अनुसार ५२ अति विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ ।
लहान नगरपालिका– २४ का ८५ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा दुई युवकलाई पक्राउ गरी थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान जनकपुरधाम आउँदै हुनुहुन्छ । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि प्रधानमन्त्री ओली जनकपुरधाम आउन लाग्नुभएको हो ।