• २ भदौ २०८२, सोमबार

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

blog

काठमाडौँ, साउन २९ गते । विभिन्न चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । 

राष्ट्रपति कार्यालयका सूचना अधिकारी उपसचिव अर्चना खड्का अधिकारीका अनुसार बिहीबार राष्ट्रपतिसमक्ष जर्मनीका उडो युजेन भोल्ज र फिनल्यान्डका पेट्री जुहानी पुहाक्का आवासीय र बुर्किना फासोका डेसिरे बोनिफेस सोम र कम्बोडियाका रथ मेने  गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।