• २ भदौ २०८२, सोमबार

खतिवडाको ‘मौनतामा पुरुष पनि’

blog

काठमाडौँ, साउन २९ गते । गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत र प्रवीण भेडवालको स्वर रहेको ‘मौनतामा पुरुष पनि’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो अन्तर्रास्ट्रिय डिजिटल प्लेटफर्ममा नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको हो ।

समाजमा पुरुषका पीडा प्रायः बाहिर आउँदैनन् । उनीहरूमा पनि पीडा हुन्छन् तर प्रायःले लुकाउँछन्, बाहिर ल्याउँदैनन्,  भित्रभित्रै गुम्स्याएर राख्छन् । नेपाली समाजमा एउटा भनाइ छ, ‘छोरा मान्छे भएर रुनु हुँदैन ।’ छोरा मान्छे रुने भनेकै एकान्त स्थानमा बन्न पुगेको अवस्था छ । यही विषयलाई गीतकार खतिवडाले गीतमार्फत गहिरो सन्देश दिन खोज्नुभएको छ ।  गीतको भिडियोमा शोभा खड्का, महेश्वर खतिवडा, सन्तोष धिमाल, मैयाँ खड्का, गणेशकुमार ढकाललगायतको अभिनय रहेको छ । गीतको निर्देशन खतिवडा आफैँले गर्नुभएको हो भने सम्पादन विकास धमलाको रहेको छ ।