गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २८ गते । अमुदी फुड्स लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । प्रतिसेयर अङ्कित मूल्य एक सय रुपियाँ दरको २० लाख कित्ता आइपिओ निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयर निष्कासनसम्बन्धी कम्पनी र क्यापिटलबिच सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा अमुदी फुड्स लिमिटेडका तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गर्नुभएको छ ।