• ३१ वैशाख २०८३, बिहिबार

'फाेनिज'काे स्थापना दिवसमा प्रभातफेरी

blog

स्थापना दिवसको अवसरमा हेटौँडामा आयोजना गरिएको प्रभातफेरी । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, साउन २७ गते । “समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ  (फोनिज) मकवानपुर शाखाले स्थापना दिवस मनाएको छ । मङ्गलबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेर २६ औं स्थापना दिवस मनाइएको हो ।  

प्रभातफेरी कार्यक्रम हेटौँडाको सीमा चोकबाट सुरु भई बुद्ध चोक, उद्योग वाणिज्य चोक हुँदै  पुनः सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो । 

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष एवम् फोनिज मकवानपुरका सल्लाहकार कृष्ण सारु मगरले सञ्चारको क्षेत्रमा आदिवासी जनजातिको आवाज अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । फोनिज पत्रकारिताको दिगो विकास र आबद्ध सबै पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तालिम र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै जिम्मेवार र उत्तरदायी भएर पेसामा क्रियाशील हुन पत्रकारलाई उहाँले आग्रह गर्नुभयो ।

फोनिज मकवानपुरका अध्यक्ष नवराज वाइबाको सभाध्यक्षतामा भएको कार्यक्रममा फोनिजका केन्द्रीय पार्षद् एवम् पत्रकार महासङ्घ बागमतीका सदस्य  सुर्वणलाल श्रेष्ठ, फोनिज बागमतीका उपाध्यक्ष दीलबहादुर रुम्बा, फोनिज बागमतीका सचिव एवम् सञ्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ लगायतकाको सहभागिता रहेको थियो ।