राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरिएको निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।
सर्लाहीको बागमतीमा सोमबार भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा ज्यान गुमाउनु भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको शव परिवारले बुझेका छन् ।
इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) बीचका वार्ताहरू ‘प्राविधिक’ र ‘जटिल’ हुने इरानको विदेश मन्त्रालयले सोमबार बताएको छ ।
मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अङ्कले कमी हो ।
सभामुख देवराज घिमिरेले आज सङ्घीय निजामती सेवा विधेयक, २०८० मा भएको त्रुटिका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्नुभएको छ ।
बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त राष्ट्रसङ्घको उच्च अधिकारीका रूपमा काम गरिसकेकी उहाँकी छोरीसहितको परिवारविरुद्ध भ्रष्टाचार विरोधी संस्थाले दायर गरेको मुद्दामाथि सोमबार सुनुवाइ गरेको छ ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको खेश्राहामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवर्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन गरिएको छ ।
फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा १० खेलाडीमा सीमित भारत चर्च ब्वाइज क्लबसँग स्तब्ध भएको छ ।
एएफसी यु–२० एसियन कप छनोट खेल खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । भुटानमा भएको छनोट खेलमा नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त हुनुभएको छ ।
लामिछानेको सम्झनामा क्रिकेट मैदान नै बनाएको यहाँको अर्जुन चौपारी गाउँपालिकाले हाम्रो अर्जुनचौपारीको पाठ्यक्रममा जीवनी समेटेको हो ।
समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको खयरथान र खयरभारानी (खयरवाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्ट्टवपूर्ण छ ।
संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रहरूले छिटै प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना बनाएका छन् ।