अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षीबीच यसै साता अलास्कामा हुने अमेरिका-रुस शिखर सम्मेलनका लागि कार्यक्रमतालिका बनाइरहेको उपराष्ट्रपति जेडी भान्सले बताउनुभएको छ ।
जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ र बौद्ध छुट्टीको हप्तामा यातायातमा असर पारेको छ ।
महोत्तरी जिल्लाको बलवा नगरपालिका-३ वदियास्थित रातु नदीमा आइतबार आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच (बलुवा चौक)मा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
पवित्र तीर्थस्थल देवघाटधाममा सोमबार भक्तजनको भिड लागेको छ । शिव भगवानको महिनाको रूपमा लिने समयमा जिल्ला र बाहिरका भक्तजनको भिड लागेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जिल्ला कारागारको अनुगमन गरिएको छ ।
लमजुङको सुन्दर बजारमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
अन्नको भण्डार भनेर चिनिने पश्चिम नेपालको बर्दिया जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
घोराही उपमहानगरपालिका-८, सौरीकुला गाउँमा निर्माण हुन लागेको थारू समुदायको परम्परागत ठाँटी घर र बहुउद्देश्य मटाँवा सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान परीक्षणका रूपमा रोपिएको हो ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, पूर्व पश्चिम राजमार्गमा सोमबार बस र विंगर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशका विभिन्न जिल्लामा एकसय वटा विद्यालय भवन निर्माण गरेको छ । सरकारले गत आर्थिक वर्ष २०८१–८२ मा एकसय वटा दुई कोठाको विद्यालय भवन निर्माण गरेको हो ।
ठेकेदारको चरम लापरवाहीले विकास निर्माणका काम वर्षाैंदेखि थाती रहेका बेला दक्षिण बागलुङको जैमिनीमा भने निर्माण अवधिभन्दा एक वर्षअगावै पुलको काम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लोकतान्त्रिक उपलब्धिको रक्षा तथा समाजवादको दिशातर्फ अघि बढ्न परिवर्तनकारी शक्तिबीचको सहकार्य सम्बन्धमा छलफल भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सङ्घीय समितिले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा मंगलबार १२ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारी करिब पूरा भएको आयोजकहरुको भनाइ छ ।