• ३१ वैशाख २०८३, बिहिबार

बर्दियामा शतप्रतिशत रोपाइँ सम्पन्न

blog

हरियाे धान खेत ।

ज्योति पन्थी

बबई(बर्दिया), साउन २६ गते । अन्नको भण्डार भनेर चिनिने पश्चिम नेपालको बर्दिया जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

बर्दियामा धान खेती हुने ५० हजार २ सय हेक्टर जमिनमध्ये सबैजसो धान खेती हुने जमिनमा धान रोपाइँ सम्पन्न भएको हाे । नहरको पानि सिञ्चित हुने र नहुने सबै ठाउँमा धान रोपाइँ सकिएको एकिकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाले जनाएको छ ।

विगतका वर्षहरूमा भन्दा यस वर्ष धान रोपाइँ छिटो भएको छ । यस वर्ष सुरुमा मनसुन छिटो भित्रिएको पछी कृषकहरूले नहर र आकासे पानिसहित मोटर र डिप बोरिङ लगायतको प्रयोग गरेर समयमानै धान रोपाइँ सिद्धाएका छन् । सबैभन्दा यस वर्षको धान रोपाइँ कर्णालीको पानी सिञ्चित हुने गेरुवा गाउँपालिकामा सबैभन्दा पहिलेनै धान रोपाइँ सकिएको हो । 

सिञ्चित क्षेत्र नभएका स्थानहरूमा पनि धान रोपाइँ सकिएको छ । बारबर्दिया नगरपालिका-४ का स्थानीय बासिन्दा फूलपाति चौधरीले सुरुमा परेको आकाशे पानी पछि नपर्दा केही स्थानमा धान रोपाइँ रोकिएको भएपनि पछि पानी परेका कारण धान रोपाइँ सकिएको बताउनुभयो ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले विगतका वर्षमा भन्दा यस वर्ष मनसुन पनि छिटो भित्रिएका कारण अन्य वर्षको तुलनामा धान लगाउने काम छिटो सकिएको बताउनुभयो । बर्दिया जिल्लामा उत्पादन हुने धान देशका ठुला सहर बाँके, रूपन्देही,कपिलवस्तु,चितवनका साथै पहाडी जिल्लाहरूमा समेत पुग्ने गर्दछ ।