• ३१ वैशाख २०८३, बिहिबार

सुनसरी दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

blog

दुर्घटनास्थलमा रहेका सवारी साधन र उद्धारकर्ता ।

विनय कर्ण

कल्याणपुर (सप्तरी), साउन २६ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बस र विंगर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सो घटनामा घाइते भएकामध्ये १० जना सप्तरीकै छन् ।  

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे. १ ख. १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. २–०१–००१ ज. ००४७ नम्बरको विंगर सोमबार बिहान सो ठाउँमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएकामध्ये एक जना सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शङ्कर मण्डलको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदाको पनि मृत्यु भएको छ । एक जना अन्दाजी ४० वर्षीया महिला र एक पुरुषको सनाखत हुन सकेको छैन 

घाइतेमध्ये १० जना सप्तरीकै छन् । घाइतेहरूमा सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने रवीन्द्रप्रसाद मण्डल, रविन्द्र मेहता, तिरहुत गाउँपालिका ३ गोइठीका ६८ वर्षीय जिवछ महात्मान छन् ।

यस्तै, राजविराज नगरपालिका-६ बस्ने १० वर्षीय रुद्र राय, राजविराज १२ बस्ने ४४ वर्षीय प्रमोद रजक, राजविराज-२ बस्ने २४ वर्षीय भोला यादव, ३५ वर्षीय प्रदीप यादव घाइते छन् ।

त्यस्तै विंगरका सह चालक राजविराज ४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका-३ बस्ने ३० वर्षीया अमृता राय र तिलाठी कोइलाडी गाउँपालिका-५ बस्ने २२ वर्षीय रवि राय पनि घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यो पनि पढ्नुहोस

बस र माइक्रो एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु