नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार तनहुँ आउनु हुने भएको छ । नेपाली कांग्रेस तनहुँको पूर्व क्षेत्रीय सभापति शहीद कल्याण खनालको २३ औँ स्मृतिसभा तथा खनालको शालिक अनावरणका लागि सभापति देउवा आउनु हुने भएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा कायम भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणसमक्ष ११ बुँदे माग राखेको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई भेटेर विगतदेखि नै उठाउँदै आएका माग छिटो पूरा गरिदिन आग्रह गरेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि भारतसँग पहल गर्न अनुरोध गर्दै सरोकार समूहले सोमबार ध्यानाकर्षणपत्र बुझाएको छ । बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायी सम्मिलित नेपालगन्ज–दिल्ली उडान दबाब समूहको एक टोलीले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
नेपाली कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न निर्देशक समितिको कार्यसम्पादन निर्देशिका जारी गरेको छ । कांग्रेस पदाधिकारी र महाधिवेशन गर्ने सन्दर्भमा गठित ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ को सोमबार सम्पन्न संयुक्त बैठकमा कार्यसम्पादन निर्देशिका परिमार्जनसहित पारित गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको सचिवालय बैठकले विधानको तीन महललाई छलफलका लागि तल्लो कमिटीमा पठाएको छ । एमालेले पार्टी कमिटीभन्दा बाहिर रहेका नेकपा (एमाले) का जिम्मेवार कार्यकर्ता र सदस्यको विधान संशोधनमा सुझाव दिन सक्ने वातावण मिलाउन विधानको तीन महल तल्लो कमिटीलाई पठाएको हो ।
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन समितिको सिफारिस कार्यान्वयनबारे सभामुख देवराज घिमिरेले राजनीतिक र प्रशासनिक परामर्श गर्नुभएको छ ।
विपिन जोशीकी आमा पद्मा र दिदी पुष्पा जोशी सोमबार इजरायलतर्फ जानुभएको छ । उहाँहरूलाई नेपालका लागि इजरायली राजदूत स्मुलिक अइर बासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।
जबर्जस्ती करणीबाट जन्मेका सन्तान वा बुवाको नाम थाहा नभएको वा बताउन नचाहनेकाको नागरिकताको अधिकार सम्बोधन गर्ने गरी नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ ल्याइएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ । उहाँले आमाको थर राखेर त्यस्ता सन्तानले नागरिकता लिन पाउने प्रस्ट्याउनुभयो ।
शेर्पा सञ्चार समूह, नेपालले सात दिने उदघोषण तालिम सम्पन्न गरेको छ । शेर्पा र नेपाली भाषामा गरिएको तालिममा ६० जना प्रशिक्षार्थीले तालिम लिनुभएको आयोजकले जनाएको छ ।
रोजगार अनुमति प्रणाली (ईएपीएस) दक्षिण कोरियामा रोजगारी गरेर फर्केका युवाका लागि सञ्चालित कोरियाली खानाका परिकार बनाउने सात दिने तालिम सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल कार्टुनिष्ट क्लबले पाँच जना अग्रज कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान गरेको छ । क्लबले आज यहाँ आयोजना गरेको समारोहमा उहाँहरूलाई सम्मान प्रदान गरेको हो ।
विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा ३७ जना कलाकारको सहभागितामा “अष्टिम्की चित्रकला कार्यशाला” को आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा लोककला विभाग र अग्रासन थारु महिला समाजले थारु लोक कलाको प्रवद्र्धनका लागि संयुक्त रुपमा कार्यशाला आयोजना गरेको हो ।