अमरराज नहर्की
तनहुँ, साउन २७ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार तनहुँ आउनु हुने भएको छ ।
नेपाली कांग्रेस तनहुँको पूर्व क्षेत्रीय सभापति शहीद कल्याण खनालको २३ औँ स्मृतिसभा तथा खनालको शालिक अनावरणका लागि सभापति देउवा आउनु हुने भएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो ।
तनहुँको भिमाद नगरपालिकास्थित भिमाद बजारमा सभापति देउवाले सम्बोधन गर्नुहुनेछ । कांग्रेस कार्यक्रम कांग्रेस तनहुँको आयोजना र कांग्रेस भिमाद नगर समिति र शहीद कल्याण खनाल स्मृति प्रतिष्ठान तनहुँको व्यवस्थापनमा कार्यक्रम हुने सचिव खनालले जानकारी दिनुभयो । कार्यक्रमको सबै तयारी पूरा भएको खनालले बताउनुभयो ।