• ९ भदौ २०८२, सोमबार

विधानको तीन महल तल्लो कमिटीमा

blog

गोरखापत्र समाचाारदाता

ललितपुर, साउन २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको सचिवालय बैठकले विधानको तीन महललाई छलफलका लागि तल्लो कमिटीमा पठाएको छ । एमालेले पार्टी कमिटीभन्दा बाहिर रहेका नेकपा (एमाले) का जिम्मेवार कार्यकर्ता र सदस्यको विधान संशोधनमा सुझाव दिन सक्ने वातावण मिलाउन विधानको तीन महल तल्लो कमिटीलाई पठाएको हो । 

बैठकलाई सम्बोधन गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले विधान संशोधनमा सुझाव सङ्कलन गर्ने वातावरण निर्माण गर्न प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिनुभयो । उहाँले यसमा धेरैभन्दा धेरै छलफल हुन आवश्यक रहेको र त्यसको वातावरण प्रदेश र जिल्ला कमिटीले गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । उहाँले तथ्यभन्दा बाहिर पुगेर बहस गर्न आवश्यक नभएको बताउनुभयो । पूर्वराष्ट्रपतिको बहस पनि तथ्यभन्दा बाहिर बसेर गरिएको उहाँले उल्लेख गर्नुभयो ।  

बैठकमा एमालेका स्थायी कमिटीका सदस्य डा. राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, सचिव नवराज सिलवाल, उपसचिव भक्तकुमारी लामाले विधान संशोधनका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।