• ३१ वैशाख २०८३, बिहिबार

लहान मा २० वटा वडा कार्यालयको आफ्नै भवन

blog

आर्थिक वर्षमा सञ्चालनमा आएको लहान नगरपालिका– २ का वडा कार्यालय । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, साउन २७ गते ।
लहान नगरपालिकामा २४ वटा वडाहरुमध्ये २० वटा वडा कार्यालय आफ्नै भवननबाट सञ्चालन भएको छ । बाँकी चार वटा वडा कार्यालय भवन निर्माण कार्य यसै आर्थिक वर्षमा अघि बढाइने लहान नगरपालिकाले जनाएको छ  ।

आर्थिक वर्ष २०८१/०८२ मा वडा नम्बर ११, १२, २ र ३ को वडा कार्यालय आफ्नै भवनमा सरेको लहान नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । सहरी क्षेत्रका वडा नम्बर १, ४, ६ र ग्रामीण भेगमा पर्ने वडा नम्बर २४ को वडा कार्यालय भवन निर्माणका लागि आर्थिक वर्ष २०८२/०८३ मा बजेट राखिएको उहाँले जानकारी दिनुभयो ।

वडा कार्यालय निर्माणका लागि ४० लाखदेखि ५० लाखसम्म बजेट खर्च भएको जानकारी दिँदै नगरप्रमुख चौधरीले यस वडा नम्बर १, ४ र ६ मा वडावासीहरुका लागि दैनिक सेवा लिन प्याक पर्ने ठाउँमा जग्गाको खोजी भइरहेको प्रष्टयाउनुभयो । जनै पूर्णिमाको अवसरमा लहान नगरपालिका–२ र ३ को वडा कार्यालय भवन सञ्चालनमा आएपछि वडावासीहरुले माग गर्दै आइरको वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएपछि खुसी महसुस भएको वडा नम्बर –२ का वडा सदस्य लाल मोहम्मदले सुनाउनुभयो ।

वडा कार्यालय भडामा सञ्चालन गर्नुपर्ने बाधयता थियो भने एक वर्ष अघि लोकतान्त्रिक चोक तरकारी बजार वडा नम्बर १ को कृषि कम्पलेक्स भवनमा वडा कार्यालय चलाउनु परिरहेको थियो । वडा कार्यालय भवन निर्माणले सहजता भएको वडावासीहरुले पनि खुसी व्यक्त गरेका छन् ।

वडा नम्बर –३ का स्गथानीयहरुलाई लहान–१ कृषि कम्प्लेकस भवनमा सेवा लिन जानुपर्दा जान आउन नै रिकसा भडा सय रुपियाँ खर्च हुन्थ्यो । त्यसमा पनि तेस्रो तललामा रहेकेो वडा कार्यालयमा वृद्धवृद्धा र अपाङगहरुलाई ठुलै सास्ती थियो । वडा कार्याैलय सञ्चालनमा आएपछि ठुलै राहत मिलेको वडा नम्बर ३ का वडाध्यक्ष राम दयाल महतोले बताउनुभयो ।