पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सनातन धर्म रक्षा र प्रवर्द्ध गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा नियुक्त हुनुभएको छ।
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘द राइजिङ नेपाल’को निमित्त प्रधान सम्पादकमा विष्णुप्रसाद गौतम नियुक्त हुनुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सी नासा सेक्युरिटीजले प्रायोजन गरेको हो ।
कैलालीको धनगढीस्थित जिल्ला कारागारमा कैदीबिच हिंसात्मक झडपपछि कैद भुक्तान गरिरहेका आफ्ना मान्छे भेट्न आउने आफन्तको कारागारमा भीड लागेको छ।
आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहारा पोखरा झापाको रेड स्टार फुटबल क्लबसँग २–० गोले पराजित भएको हो ।
महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता हुनुभएको छ। आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–११ ऐरीका दुई बालिका बेपत्ता हुनुभएको हो।
सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा आइतबार बिहान मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी बढाउने बताउनुभएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ।
। रौतहटको चन्द्रनिगाहपुर–४, धनसारबाट लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
भुटानमा अगस्ट २० देखि ३१ गतेसम्म आयोजना हुने साफ यु–१७ फुटबल च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।
अन्नपूर्ण हिमालको फेंदीमा रहेको प्रशिद्ध धार्मिक स्थल खयरभारानी र खयरलेक धार्मिक पर्यटकले भरिभराउ भएको छ।
उपत्यकासहित आइतबार देशभर गाईजात्रा पर्व मनाइएकाे छ । गाईजात्रा पर्वको दिन आइतबार भक्तपुर दरबार क्षेत्रमा ताहमचासहित नगर परिक्रमा गरेर विशेष ढङ्गले मनाउने प्रचलन छ ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३औँ कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।