जनार्जन खत्री
सर्लाही, साउन २५ गते । सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा आइतबार बिहान मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। सुखेपोखरी क्याम्पस नजिकै प्रदेश ०२-०३-०१९ प ५४०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार हरिवन १० कै १४ वर्षीया दीपीका बुढाथोकीको मृत्यु भएको हो ।
बालिकालाई हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक बागमती नगरपालिका–१, का १६ वर्षीय सविन भुजेलसमेत गम्भीर घाइते हुनुभएको छ ।
टाउको र आँखामा चोट लागेर घाइते भुजेलको प्रहरी निगरानीमा वीरगञ्जमा उपचार भइरहेको हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।