काठमाडोँ, साउन २५ गते । भुटानमा अगस्ट २० देखि ३१ गतेसम्म आयोजना हुने साफ यु–१७ फुटबल च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजानमा हुने च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहने छ ।
सबै टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्ष टोली च्याम्पियन बन्ने छ । नेपालले भारतसँग अगस्ट २० र २९, भुटानसँग २२ र ३१ तथा बङ्गलादेशसँग २४ र २७ तारिख खेल्ने छ ।
नेपाली टोली
गोलकिपरक : झरना डुम्राकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ
रक्षक : दिक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी विक, ज्ञानुडोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्शु विक
मिडफिल्डर : डिकी तामाङ, कृतिशा तामाङ, रविना विक, सहारा लिम्बू, बविता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल
स्ट्राईकर : अस्मिता मगर, यमकुमारी विक, अनिता रानामगर र दिक्षा नेपाल ।