• २६ साउन २०८२, सोमबार

गोपालको गाईजात्रा कोसेली ‘के हो के हो’

blog

काठमाडौँ, साउन २६ गते । गाईजात्रामा गाईजात्रे कमेडी गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा कलाकार गोपाल तिमल्सिनाले पनि कमेडी गीत ‘के हो के हो’ सार्वजनिक गर्नुभएको छ । तिमल्सिनाले अहिलेको समसामयिक राजनीतिक घटनालाई व्यङ्ग्यका रूपमा प्रयोग गरेर यो गीत ल्याउनुभएको हो । गीतमा तिमल्सिनाकै स्वर, शब्द, लय रहेको छ । भिडियोमा अभिनय र निर्देशनसमेत उहाँ आफैँले गर्नुभएको छ ।

अहिले भइरहेको समसामयिक बेथिति भ्रष्टाचारलाई व्यङ्ग्यमार्फत उजागर गर्न खोजिएको छ । हेरक नेपालीको दुःख वेदनाले भरिएको यथार्थलाई व्यङ्ग्यमार्फत बाहिर ल्याउन खोजेको गायक तिमल्सिनाले बताउनुभयो । मिनेष कार्कीको छायाङ्कन र राज धामीको सम्पादन रहेको प्रस्तुतिमा गोपाल तिमल्सिना, शिव तिमल्सिना र गोपी सापकोटालगायतका कलाकारको अभिनय रहेको छ ।