सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) साउन २५ गते । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनामा घाइते हुनेकाे सङ्ख्या २१ पुगेकाे छ । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को.२ च.२३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा ८ बस्ने १४ वर्षीया सविना डङ्गोल ६४ वर्षीया चन्द्र भक्त डङ्गोल, टेकनाला बस्ने ३५ वर्षीया हरिबहादुर डङ्गोल, धनकुटा नगरपालिका–७, बस्ने ६२ वर्षीया गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका-८ बस्ने ७२ वर्षीया मोहन डङ्गोल, सोही स्थान बस्ने ४५ वर्षीया रेणुका राई, धनकुटा-७ बस्ने २७ वर्षीया राम श्रेष्ठ र ३८ वर्षीया जितबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
यस्तै साँघुरीगढी गाउँपालिका–१, बस्ने १६ वर्षीया निशु लिम्बू, धनकुटा-८, बस्ने १५ वर्षीया रिमा डङ्गोल, धनकुटा-७ बस्ने २२ वर्षीय राजन राई, सहीदभूमि गाउँपालिका ४ बस्ने २४ वर्षीय अतिस राई, छथरजोरपाटी गाउँपालिका–६ बस्ने २४ वर्षीय प्रकाश श्रेष्ठ, धनकुटा-८ बस्ने १८ वर्षीय रोजिन डङ्गोल, धनकुटा मूलघाट बस्ने १२ वर्षीया रोनिया श्रेष्ठ, धनकुटा-८ बस्ने ५६ वर्षीय रमेश कर्मचार्य, छथरजोरपाटी गाउँपालिका-६ सिँधुवा बस्ने १६ वर्षीय शिव श्रेष्ठ, धनकुटा-८ बस्ने १४ वर्षीया सविना डङ्गोल, धनकुटा मूलघाट बस्ने १५ वर्षीया रोनिता श्रेष्ठ, धनकुटा-८ बस्ने १७ वर्षीया रिमा डङ्गोल र सोही ठाउँ बस्ने १३ वर्षीया रितेश डङ्गोल छन् ।
घाइते हुनेहरुलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । उहाँहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको क्षेत्रीले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमध्ये तीनको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँहरुलाई थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ। उहाँका अनुसार दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको छ ।