• २५ साउन २०८२, आइतबार

जाजरकोट जिल्ला अदालतबाट ८० प्रतिशत मुद्दा फर्छ्यौट

blog

जाजरकोट जिल्ला अदालत

सहदेव बस्नेत
जाजरकोट, साउन २५ गते ।
जाजरकोट जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ मा ८० प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जसमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् ।

दुनियाँवादी देवानी, सरकारवादी देवानी, सरकारवादी फौजदारी, विशेष ऐनअन्तर्गत सरकारवादी फौजदारी, दुनियाँवादी फौजदारी गरी जाजरकोट जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा चार सय ११ वटा मुद्दा दर्ता भएका थिए ।

जाजरकोट जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कार्कीले दर्ता भएका चमर सय ११ वटा मुद्दाहरूमा तीन सय ३१ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो । स्रेस्तेदार कार्कीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएकाबाट ८० वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् ।

चार सय २० वटा मुद्दा दर्ताको लक्ष्य लिएको जिल्ला अदालतमा ४ सय ११ वटा मुद्दा दर्ता भएको स्रेस्तेदार कार्कीले जानकारी दिनुभयो । तीन सय ७ वटा मुद्दा फर्छ्यौट  गर्ने लक्ष्य लिएको जिल्ला अदालतले ३ सय ११ वटा मुद्दा फर्छ्यौट गर्न सफल भएको स्रेस्तेदार कार्कीको भनाइ रहेको छ ।

७५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य लिएकामा ‘दर्ता भएका मुद्दाको सङ्ख्याका आधारमा ८० प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको  स्रेस्तेदार कार्कीले भन्नुभयो ।

जिल्ला अदालतमा सबैभन्दा बढीसम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको  स्रेस्तेदार कार्कीले  जमनकारी अनुसार दर्ता भएका १९८ वटा सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ७२ वटा फर्छ्यौट गरी २६ वटा फर्छ्यौट गर्न बाँकी रहेको छन् । स्रेस्तेदार काकीले दिएको जानकारी अनुसार अंशबण्डा सम्बन्धी दर्ता भएका २२ वटामध्ये १७ वटा मुद्दा फर्छ्यौट भएका छन् भने चार वटा बाँकी रहेका छन् ।