बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड अवरुद्ध भएको हो ।
यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
नको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ ।
कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उहाँले दर्शकबाट पाउनुभएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित हुनुभएका कलाकार घिमिरे केही समययता सर्वाधिक महँगा कलाकारका रुपमा चर्चामा आउनुभयो ।
लमजुङ प्रहरीले एक वर्षको अवधिमा करिब दुई सय अवैध हतियार बरामद गरेको छ । आर्थिक वर्ष २०८१/२०८२ मा जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा घरमै राखिएका एकसय ९७ वटा हतियार प्रहरीले बरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा एक हजारभन्दा बढी बिरामीलाई निःशुल्कमा रगत उपलब्ध गराएको छ । प्रदेश सरकारले एक हजार १८७ जना बिरामीलाई दुई हजार १४८ पिन्ट रगत निःशुल्कमा उपलब्ध गराएको हो ।
सप्तरी प्रहरीले बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ ।
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना सम्पर्कविहीन भएका हुन् ।
जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले बिहीबार रौतहटको फतुवा विजयपुर नगरपालिकामा बजेट ल्याउने विषयमा छलफल गरेको छ ।
गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् ।
वर्षातका कारण कर्णाली राजमार्ग उच्च जोखिममा रहेको छ । राजमार्गको दैलेख खिड्की जिउलादेखि कालीकोटको तिलागुफा नगरपालिकाको गाल्जे बजारसम्म उच्च जोखिममा छ ।
सुस्ताका परमानन्द कहारले उखु बिक्रीबाट सरकारले दिने अनुदान हरेक वर्ष बचत गर्दे आउनुभएको थियो । छोरीको बिहेमा खर्च जुटाउन केही वर्षदेखि कहारले अनुदान बापतको रकम खर्च गर्नुभएको छैन ।
यो वर्षको मिसेस ग्लोबल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल हुनुभएको छ । बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा घिमिरेले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिन सफल हुनुभएको हो ।