बझाङमा रेबिजविरुद्धको खोप (एआरभी) अभावका कारण कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर घर फर्किन बाध्य भएका छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप उपलब्ध गराउन नसक्दा जिल्लावासी स्वास्थ्य सङ्कटमा परेका हुन् ।
बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । शैक्षिक सत्र २०८० को तथ्याङ्क अनुसार नियमिततर्फ एक हजार ४८७ छात्र र एक हजार ३४७ छात्रा गरी दुई हजार ८३४ र ग्रेड वृद्धिका लागि छात्र ५१ छात्रा ४८ गरी ९९ गरी दुई हजार ९३३ जना विद्यार्थीहरुले एसइई परीक्षा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १०औँ सम्मेलनबाट पारित सातबुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न सम्मेलनका निष्कर्षसहितको सात बुँदे घोषणापत्र बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा हस्तान्तरण गरिएको हो ।
जिल्लाको छत्रदेव गाउँपालिकामा ईभि दुर्घटना हुदाँ नौ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिका वाड नम्बर ३ अर्चलनेटा बल्कोटमा प्रदेश ०१–००१–ज–०१४० ईभि बुधबार दुर्घटना भएको हो ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले गणतन्त्रवादी शक्ति एक जुट हुँदै गणतन्त्र र संविधानको रक्षा गर्न जोड दिनुभएको छ । उहाँहरूले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्ष गराउँदै सरकार जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनको सिचुवान प्रान्तको छेन्दुमा आगामी चैतदेखि हप्तामा एउटा चार्टन उडानको तयारी थालिएको छ । विमानस्थल बनेको दुई वर्षसम्म पनि नियमित उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन, दलित, सुकुम्बासीले छिट्टै प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गर्ने बताउनुभएको छ । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराउनुभयो ।
गोरखाको आरुघाट गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट कृषि र पशुपालक किसानलाई प्रोत्सहन स्वरुप नगदसहित सम्मान गरेको छ । गाउँसभाको सोह्रौ अधिवेशनमा उत्कृष्ट किसान छनोट गरी नगद १५ हजारसहित सम्मानपत्रका साथ सम्मान गरिएको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले मर्यादित तरिकाले होली पर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमको अध्यक्षमा सुरज परियार चयन हुनुभएको छ । मङ्गलबार जिल्ला सदरमुकाम उद्घाटन भएको पार्टीको नवौँ जिल्ला अधिवेशनबाट परियारको नेतृत्वमा ३७ सदस्यीय जिल्ला समिति चयन भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हुलाकी राजमार्गअन्तर्गत नवलपुरको दुम्कीवास–त्रिवेणी नाका खोल्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ । मध्यविन्दु प्रादेशिक अस्पतालको उद्घाटन गर्न यहाँ आउनुभएका मुख्यमन्त्री पाण्डेसँग बुधबार नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहानबाट सुरु भएको बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेस गरिने छ ।
गुल्मीमा मृत अवस्थामा फेला परेका एक पुरुषको पहिचान खुलेको छ । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४, झार्कीसल्लास्थित ढोरपाटन सडक खण्डदेखि अन्दाजी तीन सय मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उत्तर अमेरिकी मुलुक क्यानाडाको राजनीति तरङ्गित छ । नौ वर्ष शासन गरेका प्रधानमन्त्रीले राजीनामा दिएसँगै नयाँ नेतृत्वको खोजी भएको छ ।
राष्ट्रियसभा परिपक्व सदस्यहरूको सभा हो । यो सभाले आफूलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्दै आएको छ । संविधानको मूल मर्मअनुरुप यसले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी जनताका सवाललाई उठाएर सरकारसम्म पुर्याउने काम गर्दै आएको छ ।