• २३ साउन २०८२, शुक्रबार

इजरायलीद्वारा गाजा शहर कब्जा गर्ने योजना अनुमोदन

blog

प्रधानमन्त्री बेन्जामिन नेतान्याहु

जेरुसेलम, साउन २३ गते । इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएको हो । 

इजरायलले सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र सम्पूर्ण गाजाको नियन्त्रण लिन चाहेको नेतान्याहुले सुरक्षा क्याबिनेट बैठकअघि बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा बताउनुभएको थियो ।  

गाजा क्षेत्रमा सुरक्षा कायम राखी यो क्षेत्र सेनाहरूलाई हस्तान्तरण गर्न चाहेको जनाउँदै सेनाले गाजावासीहरूको आवश्यकता र सहजता र बमोजिम कार्य गर्ने नेतान्याहुले बताउनुभएको छ । 

यसैबीच, जवाफमा हमासले विज्ञप्ति जारी गर्दै यसले नेतान्याहुको भनाइलाई ‘वार्ता र युद्धविरामको लागि नभई’ हमासको फिर्तीको उद्देश्यलाई प्राथमिकतामा राखेको देखिएको जनाएको छ ।   

 गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबार कम्तीमा नौ हजार ७५२ प्यालेस्टिनीहरू मारिएको र ४० हजार घाइते भएको जनाएका छन् । इजरायलले गत मार्च १८ देखि गाजामा पुनः आक्रमण गरिरहेको छ । रासस/सिन्ह्वा