बबई समाचारदाता
बबई (बर्दिया), साउन २२ गते । बर्दियाको गुलरियामा १४ जना महिला मिलेर चप्पल कारखाना सञ्चालनमा ल्याएका छन् । महिलालाई उद्यमशील बनाउने उद्देश्यसहित गुलरिया नगरपालिकाले आयोजना गरेको तालिमपछि उनीहरूले यो पहल गरेका हुन् ।
गुलरिया नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम कार्यक्रम अन्तर्गत ३० महिलालाई सातदिने चप्पल बनाउने तालिम दिइएको थियो । तालिमपछि १४ जना महिलाले मिलेर चप्पल उत्पादन सुरु गरेका हुन् । नगरपालिकाले तालिमका साथै चप्पल बनाउन आवश्यक मेसिन, कच्चा पदार्थ र अन्य प्राविधिक सहयोगसमेत उपलब्ध गराएको थियो ।
“सुरुमा हामीलाई केही थाहा थिएन । तालिमपछि हामीले सिक्दै गयौँ र चप्पल कारखाना सञ्चालन गर्ने निर्णय ग¥यौँ,” गुलरिया नगरपालिका–६, श्रीराम टोलकी रमा श्रेष्ठले भन्नुभयो ।
हाल महिलाले महिला र पुरुष दुवैले प्रयोग गर्न मिल्ने सामान्य चप्पल उत्पादन गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेको चप्पल स्थानीय घर घरमै बिक्री भइरहेको छ । वडा नं. ६ शिवशङ्कर टोलकी सीता गोडियाले घरदैलो बिक्रीमार्फत आम्दानी सुरु भएको जानकारी दिनुभयो ।
वडा नं. ६ का वडाध्यक्ष सुधांशु प्रकाश शर्माले तालिमपछि मेसिन र केही कच्चा पदार्थ नगरपालिकाले उपलब्ध गराएको जानकारी दिनुभयो । नगरप्रमुख मुक्तिनाथ यादवले महिलाको यो उद्यमलाई थप प्रवर्र्धन गर्न आगामी वर्षमा पनि आवश्यक सहयोग जारी राखिने र बजार विस्तारमा विशेष ध्यान दिइने बताउनुभयो । हाल उत्पादित चप्पल गुलरिया बजार क्षेत्र र आसपासका गाउँमा बिव्रmी भइरहेको छ । महिलाले उत्पादन परिमाण र गुणस्तर बढाउँदै जिल्लाबाहिरका बजारसमेतमा पु¥याउने लक्ष्य लिएका छन् ।