• २२ साउन २०८२, बिहिबार

गुणस्तरहीन दाल फिर्ता

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन २२ गते । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले व्यापारिक प्रयोजनका लागि भारतबाट आयात गरिएको गुणस्तरहीन दाल सरकारले फिर्ता गरेको छ । 

कञ्चनपुरस्थित न्यु श्री बेटल ट्रेडर्सले भारतबाट व्यापारिक प्रयोजनका लागि खरिद गरेको दुई हजार ९२० केजी मुसुरो र दुई हजार २५० केजी मासको दालको गुणस्तर परीक्षण गराउँदा न्यून गुणस्तर भएको पाइएपछि भारतमै फिर्ता गरेको हो । 

विभाग अन्तर्गत धनगढी रहेको खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले गुणस्तर परीक्षण गर्दा मसुरोको दाल किराले खाएको र दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएको तथा मासको दालमा बाह्य रङको प्रयोग गरेको पाइएकाले दुवै दाल आयात गर्न नमिल्ने भनेर फिर्ता गरेको विभागले जनाएको छ ।