काठमाडौँ, साउन २१ गते । काठमाडौँ जिल्ला क्रिकेट सङ्घको छैटौँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
सङ्घले साधारण सभाका दौरानमा यु–१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँचजना क्रिकेट खेलकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा महिला टिमकी खेलाडी कृष्मा गुरुङ, आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापा हुनुहुन्छ ।
सङ्घका अध्यक्ष दिवाकर घले गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभामाको उद्घाटन सत्रमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का, क्यानका पूर्वपदाधिकारी, जिल्ला सङ्घका पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति थियो ।