• २१ साउन २०८२, बुधबार

उपसभापति खड्काद्वारा थानी परिवारप्रति समवेदना प्रकट

blog

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य हृदयराम थानीको परिवारप्रति समवेदना प्रकट गर्नुहुँदै । तस्बिर : उपसभापतिको सचिवालय

सुर्खेत, साउन २१ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य हृदयराम थानीको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । 

सांसद थानीकी आमा देवी थानीको साउन ११ गते निधन भएकाले उपसभापति खड्का थानी परिवारमा समवेदना प्रकट गर्न गृह जिल्ला सुर्खेत आउनुभएको हो । 

उहाँले  वीरेन्द्रनगरको उत्तरगंगामा स्वर्गीय देवी थानीप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै पिपलपानी अर्पण गर्नुभएकाे जानकारी उहाँको सचिवालयले दिएको छ । 

उहाँले पार्टी सभापति शेरबहादुर देउवा र सिंगो कांग्रेस केन्द्रीय समितिको तर्फबाट स्वर्गवासी देवी थानीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

सांसद हृदयराम थानी तथा नेपाल कर्मचारी युनियनका पूर्व अध्यक्ष भवानीप्रसाद थानीकी आमा देवी थानीको साउन ११ गते निधन भएको थियो ।