काठमाडौँ, साउन २१ गते । एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेर समूहमा नेपालका अर्पिल राना शनिबार कांस्य पदकमा सीमित बन्नुभएको छ ।
पुरुष ५० केजी तौल समूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसँग ५–० ले पराजित भएपछि कांस्यमा सीमित बन्नुभएको हो ।
एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५–० तथा भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउँदै सेमिफाइनलमा पुग्नुभएको थियो ।