केशव राज भट्ट
वाशुलिङ (बैतडी), साउन २१ गते । निरन्तर वर्षापछि खसेको पहिरोका कारण बैतडीको सिगास गाउँपालिका –९ स्थित रमिलापूर नजिक जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
गएराति करिब १ बजेतिर सडक माथिबाट ठुलो पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । सुदूरपश्चिमको प्रमुख यातायात नाका मानिने यस राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र बाहिरिने सवारी साधनबिच बाटोमै रोकिएका यात्रु धन सिंह बोहराले बताउनुभयो ।
''रातको समयमा यात्रामा थियौँ, अचानक सडक माथिबाट पहिरो खस्यो । हामीहरू बिच बाटोमै रोकिएका छौं,'' प्रभावित यात्रु धन सिंह बोहराले बताउनुभयो ।
कार्यालयका अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताउनुभयो । पहिरो पन्छाउन जेसिबी उपकरण पठाउने समन्वय भइरहेको पाण्डेको बताउनुभयो ।
बारम्बारको वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुहरू सास्ती भोग्दै आएका छन । वर्षायाम सुरु भएसँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम बढ्दै जादा बेला बेलामा समस्या हुने गरेको यात्रुहरुको गुनासो छ ।