चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालित वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
मुलुकी अपराध संहिता– २०७५ ले पूर्णतः निषेध गरेको बहुविवाहलाई विविध बहानामा छुट दिनेगरी पुनः मस्यौदा तयार भइरहेकाले त्यसविरुद्ध आवाज बुलन्द गर्नुपर्नेमा जोड दिइएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका –३, जब्दी भैरवपुर र ईश्वरपुर नगरपालिका –८, रामपुरलाई जोड्ने फूलजोर खोला पुलमा फेरि समस्या आएको छ । सोमबार रातिको भारी वर्षापछि पुलको जब्दीतर्फको भागमा पहुँच सडक (एपरोज रोड) बगाएपछि समस्या भएको हो ।
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक सञ्जालमा कुनै पनि बयान दिन प्रतिबन्ध लगाएको अघिल्लो न्यायिक आदेश उल्लङ्घन गरेपछि नजरबन्दमा राख्न आदेश दिएका छन् ।
जिल्ला अस्पतालबाट दिइरहेको डायलासिस सेवा अब गाउँपालिकाबाट सुरु हुनेभएको छ । अस्पतालमा उपकरण जडान भएपछि सेवा सुरु हुने गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मङ्गलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् ।
कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि २४ जनाको नाम सर्टलिस्ट गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गर्नुभएको छ ।
कास्कीको पोखरा महानगरपालिकाले मङ्गलबार प्रथम नगर ऊर्जा योजना (एमइपी) सार्वजनिक गरेको छ ।
घटना तथा दुर्घटनाबारे तत्कालै जानकारी दिनका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, सिमलताल र धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा विपद् इलेक्ट्रिक डिभाइस जडान गरिएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त ईन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालय पसिरमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री बानियाँलाई शपथ ग्रहण गराउनुभएको हो ।
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सहभागी परीक्षार्थीमध्ये ९१.८२ प्रतिशत उत्तीर्ण भएका हुन् ।
सरकारले यो वर्षदेखि उखुको अनुदान रकम कटौती गरेपछि किसानले मङ्गलबारबाट आन्दोलन सुरु गरेका छन् ।
नाडा अटो साे २०२५ को आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालको अयोजनामा प्रदर्शनी हुन लागेको हो । नाडा अटो साे २०२५ को आयोजना हुने भएको छ । नाडा अटोमोवाइल्स एसाेसिएसन अफ नेपालको अयोजनामा प्रदर्शनी हुन लागेको हो ।