• २० साउन २०८२, मङ्गलबार

युनिसेफः गाजामा बम विस्फोट र भोकमरीका कारण दैनिक २८ बालबालिकाको मृत्यु

blog

न्युयोर्क, साउन २० गते । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले इजरायली बमबारी र भोकमरीका कारण गाजापट्टीमा दैनिक लगभग २८ बालबालिकाको मृत्यु भइरहेको घोषणा गरेको छ । गाजामा जहाँ छ सय ६० दिनभन्दा लामो समयदेखि युद्ध जारी छ ।

“बमबारीबाट मृत्यु । कुपोषण र भोकमरीबाट मृत्यु । सहायता र महत्त्वपूर्ण सेवाहरूको अभावले मृत्यु भएको छ”, युनिसेफले एक्समा गरेको पोस्टमा भनिएको छ, “गाजामा, दैनिक औसत २८ बालबालिका-‘कक्षाकोठाको आकार’-मारिएका छन् ।” एजेन्सीले गाजाका बालबालिकाहरूलाई खाना, सफा पानी, औषधि र सुरक्षाको तत्काल आवश्यकतामा जोड दिँदै भनेको छ, “कुनै पनि कुराभन्दा बढी, उनीहरूलाई युद्धविराम चाहिन्छ ।”

इजरायली सेनाले मार्च २ देखि गाजाको सीमा नाकाहरू बन्द गरेको छ र सामान र सहायताको प्रवेश रोकेको छ । यसको परिणाम गाजापट्टीमा अभूतपूर्व अनिकाल निम्त्याएको छ । रासस/क्युएनए