जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णाली नदीमा फेरी चल्न बन्द भएपछि सवारीसाधन पिलीचौरमै रोकिने गरेका छन् । हिउँदको महिना कर्णाली पारेर स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न ठाउँमा चल्ने जिप ट्याक्टर अहिले कर्णाली नदीमा पानीको बहाब बढेकाले फेरी चल्न बन्द भएसँगै ती पनि पिलीचौरमा नै रोकिने गरेका हुन् ।
टीकापुरमा १९ वर्षदेखि संस्थाका जग्गा अतिक्रमण गरेर बसेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर तिनका लागि जग्गा खोज्ने सहमति भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा “श्रम संसार रोजगार पोर्टल” https://shramsansar.gov.np र “श्रम संसार एप” मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष आतिथ्यमा बसेको बैठकमा प्रदेशको समग्र शान्तिसुरक्षा, विपत् व्यवस्थापन र सीमा सुरक्षाको अवस्थाबारे गहन छलफल गरिएको हो ।
सप्तकोशी नदीमा हिउँदमा देखिने बालुवाका टापु वर्षासँगै बढेको पानीको सतहले छोपिएर देखिन छाडेका छन् । नदीमा बालुवाको सतह प्रत्येक वर्ष वृद्धि हुँदै जाँदा हिउँदमा बालुवाका टापु देखिने र वर्षामा पानीको सतह बढेर ती टापु पुरिने गरेका छन् ।
यहाँको आधारभूत अस्पतालमा डायलाइसिस सेवा दिने तयारी थालिएको छ । यसका लागि सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड गाउँपालिकालाई रु एक करोड एक लाख ४४ हजार ८२० बराबरको पाँचवटा डायलाइसिस उपकरण प्राप्त भएको छ ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।
काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो सडकमा आवतजावत अवरुद्ध हुँदा गए रातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् ।
नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको पदाधिकारी बैठक सोमबार पार्टीको प्रदेश कार्यालय जनकपुरधाममा सम्पन्न भएको छ ।
धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् ।
सर्लाहीको चुरे भेगमा यातायातका साधन चल्न छाडेपछि स्थानीय समस्यामा परेका छन् । चुरे भेगका विकट क्षेत्रमा बाढी आएर खोलाबाट गाडी चल्न छाडेपछि जनजीवन कष्टकर बन्न थालेको हो ।
म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या करिब १४ प्रतिशत छ । बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ ।
अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको सङ्कट समाधान गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगन्जले रौतहटमा डिप बोरिङको जडान कार्य अगाडि बढाएको छ ।
प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको हो ।