• २० साउन २०८२, मङ्गलबार

नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक सम्पन्न

blog

नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक । तस्बिर : लक्ष्मी चौधरी

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, साउन २० गते । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको पदाधिकारी बैठक सोमबार पार्टीको प्रदेश कार्यालय जनकपुरधाममा सम्पन्न भएको छ ।

बैठकमा मधेश प्रदेश कार्यसमितिका पदाधिकारी, विभिन्न जिल्लाका सभापति तथा उपसभापति साथै प्रशिक्षण विभागका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो । बैठकमा पार्टी सङ्गठन सुदृढीकरण, आगामी गतिविधि योजना, प्रशिक्षण कार्यक्रमको प्रभावकारिता, स्थानीयस्तरमा पार्टीको भूमिका र समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको जनाइएको छ ।

पार्टीको आन्तरिक सुदृढीकरण, नेतृत्वदायी भूमिकाको सशक्तता र सङ्गठनात्मक कार्यशैलीलाई अझ प्रभावकारी बनाउन जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालनसम्बन्धी उक्त बैठकमा छलफल भएको कांग्रेस मधेश प्रदेशका प्रमुख सचिव सन्तु यादवले जानकारी दिनुभयो । बैठकको अध्यक्षता मधेशका कांग्रेस सभापति कृष्णप्रसाद यादवले गर्नुभएको थियो भने सो बैठकमा प्रदेशका आठ वटै जिल्लाका सभापति, प्रशिक्षण विभागका पदाधिकारीको उपस्थिति रहेको थियो ।