• २१ साउन २०८२, बुधबार

मौलापुरमा डिप बोरिङ गरिँदै

blog

मौलापुरमा डिप बोरिङ्ग जडानको अनुगमन गर्दै खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका कर्मचारी ।

चन्द्रपुर समाचारदाता 

चन्द्रपुर (रौतहट), साउन २० गते । अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको सङ्कट समाधान गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगन्जले रौतहटमा डिप बोरिङको जडान कार्य अगाडि बढाएको छ । पहिलो चरणमा मौलापुर नगरपालिकामा विद्युतीय मोटरसहितको डिप बोरिङ जडान कार्य अगाडि बढाइएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगन्जले जनाएको छ ।

स्वच्छ  खानेपानी उपलब्ध गराउन सङ्घीय सरकारले रौतहटको मौलापुरलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको कार्यालयका प्रमुख सिडिई बिपुरकुमारलाल दासले जानकारी दिनभयो । मौलापुर नगरपालिकाभित्र विभिन्न ठाउँमा नौ वटा डिप बोरिङ जडान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । यहाँ जडान सकेलगत्तै बौधीमाई नगरपालिका र पर्राेहा नगरपालिकामा जडान कार्य सुरु गरिने उहाँले जानकारी दिनुभयो । रौतहटको ईशनाथ नगरपालिका र देवाही गोनाही नगरपालिकाबाट समेत डिप बोरिङ जडानका लागि माग आए पनि कार्यालयलाई मौलापुर, बौधीमाई र पर्रोहा नगरपालिकाका लागि मात्र बजेट उपलब्ध रहेको सिडिई दासले जानकारी दिनुभयो ।