समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
सन् १९५० मा फ्रान्सको ग्रेनोबलमा जन्मिएका माइकल लोटिटो कुनै वैज्ञानिक खोज वा आविष्कारले होइन बरु जुनसुकै वस्तु खान सक्ने आफ्नो क्षमताले सुपरिचित भए ।
गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको बताएको छ ।
सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र स्थापनाका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण थालेको छ । सोलु दुधकुण्ड नगरपालिकाका
कुस्मा नगरपालिकाको ठुलीपोखरीस्थित स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्य उपकरण बिग्रेपछि स्थानीयले स्वास्थ्य परीक्षण सेवा पाउन सकेका छैनन् । स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न भनी २४ वर्षपहिले कुस्मा–१२ मा स्थापना भएको स्वास्थ्य केन्द्रमा पर्याप्त स्वास्थ्य उपकरण छैनन् ।
रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको कोशी खेतमा तटबन्ध निर्माण भएपछि किसान हर्षित भएका छन् । गत असोजमा तामाकोशीमा आएको बाढीले कटान गरेको ठाउँमा तटबन्ध निर्माण गरिएको हो । अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले किसानको धान खेत कटान गरेपछि चिन्तित भएका थिए ।
म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जा जिल्लाकै विकट बस्ती हो । गाउँपालिका केन्द्र मुना आउन गुर्जावासीलाई पूरै एक दिनको पैदलयात्रा गर्नु पर्छ ।
पछिल्लो समय हातले बुनेका सामग्री युवापुस्तामाझ लोकप्रिय बन्न थालेका छन् । ती सामान इन्टरनेटमा प्रशस्तै देख्न र किन्नसमेत सकिने भएकाले युवा वर्गको आकर्षण बढ्दै गएको हो ।
बर्दिया जिल्लाका गुलरिया र बारबर्दिया नगरवासी जब्दीघाटमा रहेको भत्किएको पुल हेर्दै काठको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
जिल्लाको यशोधरा गाउँपालिका–८, खोरियामा विपत् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल डङ्गरीले आगलागी र बाढीको पूर्वतयारी स्वरूप विपत् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गराएको हो ।
नेपालगन्जमा ठुलो समस्याका रूपमा रहेका छाडा चौपायालाई अझै व्यवस्थित गर्न नसक्दा फेरि पनि सडक र चोकमा चौपायाको सङ्ख्या बढ्दै गएको छ ।
बर्दियाको मधुवन नगरपालिका–७ का युवा वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई जोगाउनका लागि रातभर गस्ती गर्न थालेका छन् । एक हप्ताको फरकमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि उनीहरू रातभर गस्ती गर्न थालेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन गर्नुहुने भएको छ ।
बाजुराका अधिकांश गाउँबस्ती यतिबेला परदेशीको पर्खाइमा छन् । हिउँद लागेसँगै यहाँका अधिकांश युवकयुवती भारत पसेपछि ती गाउँबस्ती खाली हुँदै गएकाले उनीहरू फर्किने आसमा बसेका हुन् । यहाँका स्थानीय कात्तिक/मङ्सिरको हिउँदे खेती लगाउने र त्यसपछि कामको खोजीमा भारत जाने गर्दछन् ।