मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादवले पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउन पत्रकार आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको बताउनुभएको छ ।
यहाँका किसानले किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले गलाइएका किबीका बोटले फल नदिएपछि चिन्तित भएका छन् । करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फ नलागेपछि किसान चिन्तित भएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) रौतहटले आइतबार प्रधानमन्त्री तथा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई सम्बोधन गरेर ध्यानाकर्षणपत्र बुझाएको छ ।
नेपाली खाना प्रवर्द्धन अभियानले भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सोमबार सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरेको छ । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोको परिकारको प्रदर्शनी गरिएको हो ।
पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका एक सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ ।
सर्लाहीमा तीन दिनदेखि लगातार पानी परिरहेको छ । गएको शनिबार रातिदेखि नै वर्षा भइरहेको हो लामो खडेरीपछि पर्याप्त वर्षा हुँदा किसान खुसी रहेका छन् ।
कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल-भारत जोडने नदीमाथिको वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत राखिएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिङ्गा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षोल्लासमय रूपमा मनाएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्दैछ । बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने सम्भावित कार्यसूची छ ।
आन्तरिक राजस्व कार्यालय बागलुङले गत आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब बढी राजस्व सङ्कलन गरेको छ ।
नेपाल कृषिप्रधान देश हो । अहिले पनि ६२ प्रतिशतभन्दा बढी नेपाली कृषि पेसामा संलग्न छन् । अर्थतन्त्र, रोजगारी र निर्वाहका लागि कृषिकर्म गरिँदै आइएको छ तर यो पेसामा लागेका किसान सन्तुष्ट छैनन् । कहिले मलको त कहिले बिउबिजनको अभावले किसानलाई बेचैन बनाएको छ । मलको अभावले कृषि उत्पादकत्व मात्र होइन, राष्ट्रिय खाद्य सुरक्षा र ग्रामीण जीवनयापनलाई पनि कमजोर बनाएको छ । देशमा पर्याप्त सिँचाइ
अहिलेको ‘जेनजी’ पुस्ता आइटी क्षेत्रमा निपुण मानिन्छ । प्रविधिमाथि यो पुस्ताको अधिपत्य स्थापित हुँदै छ भन्दा पनि हुन्छ । प्रविधिको विकास हुँदै गर्दा हामीसँग यतिको सशक्त पुस्ता उपस्थित हुनु आफैँमा सुखद हो । संसारले अब हरेक कुराको जग आइटीलाई बनाउन थालेको छ । यस्तो बेला संसारमा समान उपस्थिति जनाउन सक्ने गरी हाम्रो नयाँ पुस्ता आइदेओस् भन्ने अपेक्षा ‘दाजु–दिदी’ पुस्तामा रहन्छ, रहेको पनि छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले बागमती नदीमा पानीको बहाव बढेपछि जोखिमयुक्त स्थानको स्थलगत अनुगमन गरेको छ ।