कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटरको दुरीमा भारतको पूर्णियामा विमानस्थल सञ्चालनको तयारी छ । भारतसँग सीमा जोडिएको विराटनगरमा भने त्यहाँको हवाई सेवा सञ्चालनमा आएसँगै त्यसबाट फाइदा लिने विषयमा बहस सुरु भएको छ ।
बाँकेका किसान रासायनिक मल नपाएर चरम अभाव सामना गरिरहेका छन् तर बाँकेकै लागि आएको करिब छ हजार बोरा युरिया भने एउटा पत्र नआउँदा तीन/चार दिनदेखि थन्किएर बसेको छ । लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले कोटा निर्धारणको पत्र पठाउन ढिलाइ गर्दा मल वितरणमा ढिलाइ
आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका सम्बन्धमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार भएको छ । सोमबार साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब नौ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार मङ्गलबार दिउँसो देशभर अधिकांश बदली रहने छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ युकेले विशेष समारोहबिच आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रम उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष बिमला सेनेले संयुक्त रूपमा गर्नुभएको महासङ्घ यूकेले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी एकताबद्ध भएको घोषणा गर्दै जनमुखी आन्दोलनलाई सशक्त बनाउने सङ्कल्प गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनदेखि चलेको स्थायी समिति बैठकले विभिन्न निर्णय र प्रस्ताव पारित गर्दै गुटबन्दी अन्त्य भएको घोषणा पनि गरेको छ ।
तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ ।
पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ ।
नेपाली उखान छ– ऋण लागोस् तर दिन नलागोस् । उखानमा गरिएको कामना उर्मिला हायूको जीवनमा लागु भएन ।
प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्यबहादुर थापाले दिगो विकास लक्ष्यहरु (एसडिजी) हासिल गर्न सबैका लागि चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण टोलीमा तुर्केमिनेस्तानमा रहनुभएका सांसद थापाले छलफलका क्रममा सो धारणा राख्नुभएको हो ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । सोमबार प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाबाट पारित भएका चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
कार्यवाहक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावना अनुरुप कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमा ढिलाइ भएको बताउनु भएको छ ।
कालीकोटमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।