नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवम् जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ । यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबिच युद्धविरामको लागि हुने वार्ताको केही दिन अगाडि भएको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिकामा बजेट र राणनीतिक योजना तर्जुमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । नगर क्षेत्रमा रहेका सहकारी संस्थाहरूका लागि बजेट र राणनीतिक योजना तर्जुमा गर्न सहज बनाउने उद्देश्यले तीन दिने प्रयोगात्मक तालिम सुरु गरिएको हो ।
११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिद्वारा गोरखापत्रकर्मी साबित्री गिरी सम्मानित हुनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पार्नु भएको हो ।
सङ्घीय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने बताउनुभएको छ।
नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् ।
सर्लाहीका दुई वटा चिनी उद्योगले यस वर्षको क्रसिङ्ग बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ ।
मेक्सिकोले बुधबारदेखि लागु हुने गरी आफ्नो स्टिल र आल्मुनियम निर्यातमा २५ प्रतिशतको भन्सार कर हटाउन संयुक्त राज्य अमेरिकासँग वार्ता गरिरहेको अर्थमन्त्री मार्सेलो एब्रार्डले बताउनुभएको छ ।
गुल्मीका विनोद कुँवरको झण्डै ६० करोड एकल लगानीमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको एक्स्ट्रा टेक ओभल र भरतपुर महानगरपालिकाले स्वामित्व लिएर निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला सँगै उद्घाटन गर्ने गरी निर्माण कार्य अघि बढाइने भएको छ।
यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त भएको छ भने संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय छलफल थालिसक्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी आरोपमा सात जनालाई पक्राउ गरेको छ।
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि खेलकुद उपयुक्त माध्यम भएको बताउनुभएको छ ।