भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
लमजुङ सदरमुकाम बेसीसहरदेखि तनहुँको डुम्रे जोड्ने सडक खण्डमा पर्ने लमजुङको बेँसीसहर नगरपालिका–१, उदीपुरस्थित अँधेरी खोलामा अवरुद्ध सडक २६ दिनपछि सञ्चालनमा आएको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले ४९ हजार रुपियाँको खसीको मासु पकाउन ५८ हजार १०५ रुपियाँको मसला खर्च गरेको खुलेको छ ।
डेढ दशकअघि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने हल्ला सुनेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय उत्तर भट्टलाई अहिले सपनाजस्तै लाग्छ ।
काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरको शान्तिधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । शान्तिधाम तथा त्यसभित्र रहेको सिसामहलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
साझा प्रकाशनबाट प्रकाशित ‘अंग्रेजी नेपाली साझा संक्षिप्तकोश’ (विसं २०६७, आठौँ संस्करण) मा नरेन्द्रमणि आचार्य दीक्षितले पाठकलाई आचार्य, उपाचार्य, पढैया, पढन्ते, वाचक, संशोधक वा अध्यापकको श्रेणी आदि भनेर पाठक मस्तिष्कको ‘न्यारेटिभ’ तयार गर्नुभएको छ । भाषाशास्त्री महानन्द सापकोटाले पनि आफ्नो व्युत्पत्तिमूलक कृति ‘नेपाली शब्द परिचय’ (२०३४) मा पाठकबारे वाचक, पाठकनी आदि विशेषण गरेको देखिन्छ ।
उर्लदो भेलको प्रवाह नगरी स्थानीय कालीगण्डकी नदीमा दाउरा सङ्कलन गर्ने गर्छन् ।
अस्ट्रेलियाली प्रहरीले बेइजिङका लागि स्थानीय बौद्ध समूहको जासुसी गरेको आरोपमा एक चिनियाँ नागरिकमाथि ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोगमा मुद्दा चलाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा पत्र बुझाउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकोफले आगामी साता रुसको भ्रमण गर्ने पुष्टि गर्नुभएको छ ।
बाँकेका किसानलाई रासायनिक मलको चरम अभाव भएकोले नेपाल किसान महासङ्घ बाँकेले तत्काल मल उपलब्ध गराउन आवश्यक पहल गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित सनवोरा नदी छेउ नजिकको पाँच बिघाभन्दा बढी जमिनमा व्यावसायिक रुपमा गरिएको बदाम खेती ।
माथिबाट पहिरो खसेका कारण नारायाघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेको सडक अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ यूकेले आइतबार एक विशेष समारोहबीच आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ ।