• १९ साउन २०८२, सोमबार

प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

blog

फडिन्द्र अधिकारी

लेखनाथ, साउन १९ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश डिल्लीराज भट्टले संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सोमबार विधेयक दुई विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयकी सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिनुभयो । प्रदेशसभाको चालु अधिवेशनबाट पारित भएका दुवै विधेयक यही साउन १२ गते प्रदेश प्रमुख कार्यालय पठाइएको थियो ।