लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासले ठुलो परिमाणमा त्यारी गाँजासहित ट्रक र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ ।
तनहुँको व्यास नगरपालिकाको न्यायिक समितिले मिलापत्रबाटै मुद्दाको समाधान गरेको छ । दुवैलाई जीतको महशुस बनाउन मिलापत्रबाटै समाधान गरिएको समितिले जनाएको छ ।
आइतबार बिहान मालिका गाउँपालिका ६ दरवाङमा भेटिनु भएका धवलागिरी गाउँपालिका ७ ताकमका मेखबहादुर फगामीको अहिलेको पेसा हो, अरिँगाल को शिकार ।
शनिबार र आइतबारको बर्सातले दिव्रुङ्ग स्वास्थ्यचौकी पुरेको छ । पहिरोले चन्द्रकोट गाउँपालिका–१ दिव्रुङ्गको दिव्रुङ्ग स्वास्थ्यचौकीको भवन पुरेपछि प्रसुती कक्ष पूर्ण रुपमा क्षति भएको छ ।
साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ ।
डा. तारानाथ घिमिरे ‘धुर्कापानी’ को गीत ‘दिनमा पनि रातमा पनि...’ सार्वजनिक गरिएको छ। काठमाडौँमा शनिबार डीआर सिर्जना संसारद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि डा. नवराज लम्सालले प्ले बटम थिचेर गीत सार्वजनिक गरेका थिए। गीतमा वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारीको स्वर/सङ्गीत रहेको छ। उक्त अवसरमा सुगम सङ्गीत : आस्था र अवस्था विषयक अन्तरक्रिया गरिएको थियो।
उखु बालीमा सरकारले दिँदै आएको अनुदान रकममा कटौती गरेपछि तराई—मधेशका १३ जिल्लाका उखु किसानहरू आन्दोलित भएका छन् ।
कलाकार प्रतीक्षा काफ्लेको अभिनय र गायिका सब्बु केसीको आवाजमा रहेको नयाँ तिजगीत ‘तिज आयो’ सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्द विकास चौधरीको सङ्गीत रहेको बोलको गीतमा प्रतीक्षा काफ्लेको मुख्य भूमिका रहेको छ ।
अविरल वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड अवरूद्ध रहेको छ । शितगंगा नगरपालिका–२ लाहुरे बजार नजिकै ठूलो पहिरो झरेका कारण सडक अवरूद्ध भएको हो ।
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक वृद्धि भएका छन् । पछिल्लो वर्ष कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी खण्डमा नयाँ विवाद सिर्जना भएको छ ।
लामो समयदेखि विश्वका विभिन्न मुलुकमा बसोबास गरी त्यहीँको नागरिकता लिएका नेपालीलाई सरकारले गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउने कानुनी व्यवस्था गरेसँगै त्यस्तो नागरिकता लिनेको सङ्ख्या बढ्दै गएको छ ।
लिसंखुपाखर गाउँपालिका–५ जेठलका २५ घरधुरीभन्दा बढी घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।