समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हात हातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने प्रतियोगिता नै सञ्चालन गरेर यस्तो कलाको संरक्षण अभियान थालिएको छ । प्रतियोगिता हेर्न पुगेका बुढापाका आफ्नो विगत सम्झिएर रमाएका छन् ।
वराहक्षेत्र नगरपालिका क्षेत्रभित्र बस्ने दलित समुदायका महिलालाई नौमती, पन्चैबाजा बजाउने सिप सिकाइएको छ । पछिल्लो समय नौमती, पन्चैबाजा गाउँघरबाट लोप हुँदै गएपछि बाजाको संरक्षण
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको छ । बजेटको स्रोत सुनिश्चित गरेर पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । अघिल्ला आर्थिक वर्षमा बजेटको स्रोत सुनिश्चित नगरी पूर्वाधार निर्माणको काम सुरु गर्दा योजना अलपत्र पर्ने गरेका थिए ।
राममणि दाहालहेटौँडा, फागुन २४ गते । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले समाजमा महिलामाथि हुने गरेको विभिन्न हिंसा र अन्यायको अन्त्य हुनु आवश्यकभएको बताउनुभएको छ ।११५ औं श्रमिक महिला दिवसको अवसरमा आज आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले महिलाको हक अधिकारको सवाललाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको भन्दै संवैधानिक व्यवस्था बमोजिम महिलाका अधिकार राज्यका विभिन्न निकायहरुमा अहिले कार्यान्वयन भइरहेका बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभित्र अधिकार सम्पन्न भएका महिलाहरु आफ्नो अधिकार स्वतन्त्रतापूर्वक उपभोग गरिरहेका छन् । यी सवाल संघीय राज्य व्यवस्थामा प्राप्त गरिएको महत्वपूर्ण उपलब्धि भएको उहाँले शुभकामना सन्देशमा बताउनु भएको छ ।“सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण“ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाराका साथ आज मार्च ८ का दिन विश्वभर मनाइँदै छ । दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा प्रकाशित शुभकामना सन्देशमा भनिएको छ ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’कानूनी व्यवस्था हुँदाहुँदै पनि कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि विभिन्न हिंसा, अन्याय हुनु निन्दनीय भएको उल्लेख गर्नु हुँदै प्रदेश प्रमुख देवकोटाले यसको अन्त्य गर्नमा सबैले आ–आफ्नो सबैले पुरा गर्नु पर्ने बताउनु भएको छ ।‘देशवासी सम्पूर्ण नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत समग्र विकासको आयाममा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक छ’ उहाँले भन्नुभएको छ ।‘दिवसले हामी सबैलाई नारी हकहितका पक्षमा लाग्दै उनीहरुको सशक्तीकरणमा दीगो, प्रभावकारी पहल तथा सहकार्यको लागि दरिलो पाइला अगाडी बढाइ राख्न प्रेरणा प्राप्त होस्’ उहाँले सन्देशमा भन्नुभएको छ ।
करारका कर्मचारीलाई स्वतः स्थायी बनाउन नपाउने भन्दै लोकसेवाको तयारीमा रहेका विद्यार्थीसहित विभिन्न सङ्घ सङ्गठन विरोधमा उत्रेका छन् । प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको सुदूरपश्चिम
झापाको मेचीनगर नगरपालिकामा चरा पर्यटनको सम्भावना देखिएको छ । चरा प्रेमीका लागि मेचीनगर ठुलो केन्द्र बन्न सक्ने बताइएको छ । आउँदो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरिसकेको छ ।
काठमाडौँ, फागुन २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताउनुभएको छ ।अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ “लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस मैले गरेको छु ।”परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी देखिएको राष्ट्रपतिको भनाइ छ । जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुदाँ यसतर्फ विशेष ध्यान पुर्याउन जरूरी देखिएको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।उहाँले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ ।एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिलाको हक, अधिकारको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा क्रियाशील सबैमा राष्ट्रपतिले सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ “यस दिवसले हामी सबैलाई महिलाको हक, अधिकार, समानता, सशक्तिकरण तथा सम्मानप्रति पूर्णसंवेदनशील भई कार्य गर्न सबैमा थप ऊर्जा, उत्साह एवम् प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”महिला अधिकार तथा लैङ्गिक समानता प्रवर्द्धनका पूर्णप्राप्तिका लागि हरेक वर्ष आठ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष अन्तरराष्ट्रिय महिला दिवसको लागि संयुक्त राष्ट्र सङ्घले ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण’ भन्ने आदर्श वाक्य तय गरेको छ ।विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने र महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्यसहित अन्तरराष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ ।
काठमाडौँ, फागुन २४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले परम्पराको नाममा समाजमा कायम रहेका गलत मान्यता र अभ्यासलाई निर्मूल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस [८ मार्च] को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बालविवाह, बोक्सी, छाउपडी, दहेज आदिलाई परित्याग गर्दै महिला, किशोरी तथा बालिकामाथि हुने सबै खाले विभेद, उत्पीडन, हिंसा, अत्याचारको निर्मूल गर्न जरूरी रहेको उल्लेख गर्नुभयो । महिलाको सशक्तिकरण, समावेशिकरण, समानता, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरतालगायतको पक्षमा वकालत गर्न यो दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय महिला दिवस ९८ मार्च० मनाइन्छ । महिलाको सम्मान हामी सबैले गर्न सक्नुपर्ने उहाँको भनाइ छ । “आमनागरिकका लागि लैङ्गिक समानता र महिलाको अधिकारबारे जागरूकता अभियान थप सक्रियताका साथ चलाउन आवश्यक छ, पछिल्लो समय नेपाली महिलाले विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धी र सफलता हासिल गर्नु गौरवको विषय हो”, उहाँले भन्नुभएको छ । त्यसमा निरन्तरता कायम राख्दै सफलताको थप उचाइमा पुग्ने प्रयत्न र प्रयासको खाँचो रहेको उल्लेख गर्दै उहाँले आजको सन्दर्भमा, महिला सशक्तिकरण÷सबलीकरण एउटा ज्वलन्त प्रश्न रहेको बताउनभयो । सबलीकरणबाटै महिलालाई सामाजिक, आर्थिक र शैक्षणिकरूपमा सुदृढ बनाउन र उनीहरूको व्यक्तिगत पहिचान स्थापित गराउन सकिने उहाँको भनाइ छ । महिलाले देश र समाजको विकास एवं प्रगतिमा सदैव महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले उनीहरूको साक्षरता, जागरूकता, आत्मनिर्भरता बढाउन समन्वित, संगठित प्रयास जरूरी रहेको बताउनुभयो छ । महिलालाई आर्थिक, सामाजिक, राजनीतिक र मानसिकरूपमा बलियो बनाउन सक्नुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय आर्थिक, सामाजिक, राजनीतिक, जलवायु परिवर्तन लगायतका विभिन्न सङ्कटको सामना गरिरहेको अन्तरराष्ट्रिय जगतका लागि लैङ्गिक समानता हासिल गर्नु पहिलेको तुलनामा झनै महत्वपूर्ण भएको उहाँले बताउनुभएको छ । सन्देशमा भनिएको छ, “जीवनका सबै पक्षमा महिला र बालिकाको अधिकार सुनिश्चित गर्नु नै समृद्ध र न्यायपूर्ण अर्थतन्त्र एवं भावी पुस्ताका लागि स्वस्थ तथा सुरक्षित समाज र देश निर्माण गर्नु हो ।”
काठमाडौँ, फागुन २४ गते । सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरेतापनि उनीहरुमाथि हुने सामाजिक र सांस्कृतिक विभेद कायमै रहेको बताउनुभएको छ । महिलामाथि सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ९८ मार्च० को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले पितृसत्तात्मक सोच, लैंगिक भेदभाव, महिला हिंसा, सम्पत्तिमा समान पहुँचको अभावजस्ता समस्या विद्यमान रहेको उल्लेख गर्नुभयो । सन्देशमा उहाँले भन्नुभएको छ, “अधिकार कानुनमा मात्र सीमित नहोस्, व्यवहारमा पनि समान अवसरको प्रत्याभूति होस् भन्ने हाम्रो साझा लक्ष्य हुनुपर्छ ।” उहाँले महिला आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान गर्दै समतामूलक समाज निर्माणका लागि आह्वान गर्नुभएको छ । महिला दिवस हरेक वर्ष मार्च ८ मा लैङ्गिक समानता, महिला अधिकार र उनीहरूको उपलब्धिहरूको सम्मानका लागि मनाइन्छ । यो दिवसले महिलाले सामना गरेका चुनौतीहरूको स्मरण गर्दै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा उनीहरूको योगदानलाई उजागर गर्ने गरिएको छ । “नेपालको महिला आन्दोलनले एक शताब्दीभन्दा लामो सङ्घर्षपछि महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, महिलाले राज्यका विभिन्न तहमा आफ्नो उपस्थिति स्थापित गरेका छन्, महिलाको विद्रोह र सङ्गठित प्रयत्नकै कारण राजनीतिक दलले महिला अधिकारका सवाललाई आफ्नो एजेन्डाका रूपमा स्वीकार गरेका छन्,” उहाँले भन्नुभएको छ । नेपालको संविधान र कानुनले महिलाका हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले संवैधानिक व्यवस्थाअनुसार सङ्घीय, प्रदेश तथा स्थानीय तहमा महिला प्रतिनिधित्वको व्यवस्थासमेत गरिएको बताउनुभएको छ ।
काठमाडौँ, फागुन २४ गते । ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ ।समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ ।सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।
पुल निर्माण अधुरो रहेको भन्दै तीन वटा गाउँपालिकाका अध्यक्षले बागमती प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आठ वर्षअगाडि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगरेपछि
बर्सैपिच्छे फागुन २४ अर्थात् मार्च ८ गते नारी दिवस आउँछ । मानव जातिको इतिहासमा उत्पीडित वर्ग र जातिको त्यस्तो कुनै महान् आन्दोलन भएको छैन, जसमा श्रमिक महिलाको संलग्नता नभएको होस् । नारीहरूले स्पार्टकसको दास विद्रोहदेखि सर्वहारा व्रmान्तिको युगसम्म आइपुग्दा मुक्ति आन्दोलनमा श्रमिक महिलाले बेजोडको त्याग तपस्या बलिदान एवं साहस र सैन्य क्षमताको प्रदर्शन गरिसकेका छन् । नेपालमा पनि सन् २०१६ मार्च ८ देखि नारी दिवसको रूपमा मनाउने गरिएको छ । विसं २०३७ मा नमीता र सुनीता हत्या काण्डको विरुद्धमा कास्कीका हजारौँ महिलाले भव्य जुलुस प्रदर्शन गरेबाट पञ्चायत विरोधी राजनीतिको प्रतीकको रूपमा नमेटिने छाप बसाल्यो । नालापानीको युद्धमा अङ्ग्रेजी तोप र गोला बारुदको जवाफ खुकुरी र ढुङ्गाको भरमा लडी वीरताको प्रदर्शन गर्न होस् वा राणा विरोधी आन्दोलन नै किन नहोस् । पञ्चायती विरोधी आन्दोलन होस् वा २०६२÷०६३ को जनआन्दोलन होस् । वर्गसङ्घर्ष होस् वा ग्रामीण सङ्घर्ष यस्ता सबै आन्दोलनमा संलग्न बनेर नेपाली महिलाले उच्च त्याग, तपस्या, गौरवपूर्ण बलिदान एवं लडाकु क्षमताको वीरतापूर्वक बलिदान गरिसकेका छन् । सन् १९१८ मा योगमाया देवी र दिव्यादेवी कोइरालाको सव्रिmयतामा ‘महिला समिति’ नामक संस्था स्थापना गरिएको थियो । त्यसपछि सन् १९४० मा स्वतन्त्रताका लागि लड्ने सेनानीको हत्याले नेपाली महिलालाई पनि अझै सचेत बनायो । चन्द्रकान्ता मल्लले सन् १९४५ मा कन्या विद्यालयको स्थापना गर्नुभयो । सन् १९४८ मा मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला स्वतन्त्रता र समानता प्राप्तिका उद्देश्यले नेपाली महिला सङ्घको स्थापना भयो । सोही वर्ष हाम्रो देशमा नगरपालिकामा महिला उम्मेदवारी खडा गर्न पाउने र मत दिन पाउने प्रावधान राख्नका लागि नेपाल महिला सङ्घले तत्कालीन प्रधानमन्त्री पद्मशमशेरसमक्ष माग पेस ग¥यो र सफल भयो । सन् १९४८ मा सामाजिक र राजनीतिक चेतना ल्याउने उद्देश्यले रेवन्तदेवी आचार्यको अगुवाइमा ‘आदर्श महिला सङ्गठन’ खुल्यो । सन् १९५० मा पुण्यप्रभा देवीको अध्यक्षतामा महिला सङ्गठन स्थापना भयो । सन् १९५२ मा कामाक्षादेवीको अगुवाइमा अखिल नेपाल महिला सङ्घ गठन भयो । सुरुमा विभिन्न महिला नेपाल महिला सङ्घमा एकत्रित हुनुभयो । सन् १९५० देखि १९६० सम्म विभिन्न राजनीतिक विचारधाराले प्रभावित महिला संस्था खुले । नेपाली महिलालाई पश्चिमा महिलाको प्रभावबाट रोक्ने संस्था पनि खुलेको थियो । सामाजिक, राजनीतिक चेतना ल्याउने व्रmममा यी सङ्घसंस्था सव्रिmय थिए । फलस्वरूप सन् १९५२ मा काठमाडौँ नगरपालिकाको सदस्यमा साधना प्रधान चुनिनुभएको थियो । ती वर्षमा पनि निमित्त सल्लाहकार सभामा महिला सहभागिता नहुँदा महिला सङ्घसंस्था विरोधमा उत्रिएका थिए । तब मात्र महिलाहरू सल्लाहकार सभामा समावेश गरिएका थिए । देशको पहिलो आमनिर्वाचन सन् १९५८ मा द्वारिकादेवी ठकुरानी विजयी भई एसियामै पहिलो महिला मन्त्री बन्नुभएको थियो । सन् १९६० को प्रजातन्त्रविरोधी कदमले सबै प्रकारका सङ्घ संस्थामाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि मन्त्रीमण्डलको विघटन भयो निर्दलीय पञ्चायती व्यवस्था आयो । त्यसको विरोध त्यति बेलाका महिलाले गरेका थिए । त्यस अभियोगमा नोना कोइराला, सुष्मा कोइराला र मङ्गलादेवी सिंह जेलमा पर्नुभयो । सोही वर्ष शाही घोषणाको विरोधमा टुँडिखेलमा कालो झन्डा देखाएर विरोध गरेबापत शैलजा आचार्यलगायत गौरी राणा जोशी, सरोज जोशी, विजया शर्मा र उमा शर्मा पक्राउ पर्नुभएको थियो । सन् १९६३ मा जारी गरिएको मुलुकी ऐनले बालविवाह, बहुविवाह, अनमेल विवाह र छुवाछुत जस्ता सामाजिक कुरीतिविरुद्ध कदम उठाएको थियो महिला सङ्गठनले । सामाजिक सेवाको क्षेत्रमा तत्कालीन बडामहारानी ऐश्वर्यराज्यलक्ष्मी देवी शाहको अध्यक्षतामा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् गठन भएको थियो । त्यसताका राजपरिवारका महिला सामाजिक सेवाका क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । पञ्चायत व्यवस्थाको विरोधमा ललितपुर, भक्तपुर, कीर्तिपुर सहित विभिन्न जिल्लामा निस्केका जुलुसमा महिला अग्रपङ्क्तिमा रहेका थिए । माओवादी विद्रोहमा पनि त्यहाँ संलग्न सङ्ख्या मध्ये ४० प्रतिशत महिला लडाकु हुनुहुन्थ्यो । त्यस्तै २०६२-६३ आन्दोलनमा पनि महिलाहरूको उल्लेख्य सङ्ख्यामा जुलुसमा उपस्थिति थियो । केही सङ्ख्यामा महिला सहिद पनि भएका थिए । पहिलो पटक आर्थिक, सामाजिक, राजनीतिक सबै पक्षमा छैटौँ पञ्चवर्षीय योजनाले महिलाको महìव उल्लेख गरेको छ । समूह जमानीमा महिलाहरूलाई ऋण दिने थालनी साना किसान विकास आयोजना अन्तर्गत सुरु भयो । नवौँ योजनाले महिला सशक्तीकरण र समानताको कुरा उल्लेख गरेको छ । महिला उत्थानको प्रयासले आशा गरे जस्तो विकास र सुधार हुन सकेको छैन । आर्थिक अभाव र सामाजिक विसङ्गतिका सिकार भइरहेका छन् नेपाली महिला । विपन्न र महिलावर्गको क्षेत्रमा केही प्रयास भए पनि सबैलाई समेट्ने वातावरण बनिसकेको छैन । केही वर्षयता धेरै सामाजिक सङ्घ सस्था, अन्तर्राष्ट्रिय सङ्घ संस्था र नेपाल सरकार महिला उत्थानमा लागि परेका छन् । विभिन्न गाउँ र जिल्ला स्तरमा स्वतःस्फूर्त रूपमा महिला समूह सामाजिक र आर्थिक सुधारमा संलग्न भएका छन् । महिलाले महिलालाई गर्ने शोषणको समस्या र परम्परागत कुप्रथा, बेचबिखन र बुहार्तन पनि उत्तिकै समस्याका रूपमा छन् । महिला भएकै कारण शिक्षाको अवसरमा पहिलो प्राथमिकतामा नपर्नु, आर्थिक कारोबारमा बाधा र स्वास्थ्य सुविधाबाट वञ्चित जस्ता समस्याहरू भोगिरहेका छन् । के नारीले समाजमा पाउनुपर्ने स्थान र खोजेको अधिकार संसारभरि नारी दिवस मनाउन थालिएका एक शताब्दी बितिसक्दा प्राप्त गर्न सकेका छन् त ? तर पनि नारी विकासका दिशामा केही पनि भएको छँदै छैन भन्ने चाँहि होइन । नारीले अधिकार खोज्न थालेको अवस्थादेखि पछिका दिनमा नारी जगत्ले अनेकन उपलब्धि हासिल गर्दै आएका छन् । तथापि नारी सशक्तीकरणतर्फ हुनुपर्ने काम भने अझ धेरै बाँकी छन् । सिद्धान्त र कानुनी रूपमा काम केही भएका देखिए पनि व्यावहारिक रूपमा भने सोचे अनुरूपको प्रगति महिलाको पक्षमा हुन सकेको छैन । विकसित मुलुकका दाँजोमा विकासोन्मुख अथवा अतिकम विकसित देशका नारीको स्थिति कहालीलाग्दो छ । अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा नेपालको सन्दर्भ केलाउँदाको अवस्था उत्साहजनक देखिँदैन । युगौँदेखिका बेथिति उस्तै छन् र संवैधानिक तथा कानुनी हिसाबमा महिलाले केही अधिकार प्राप्त गरेपनि व्यावहारिक धरातलमा कार्यान्वयनको पक्ष न्यून छ । विभेदकारी कानुन पूर्ण रूपमा हट्न सकेका छैनन् । अनेकौँ प्रलोभन वा जोर जुलुमबाट महिलालाई देहव्यापारमा संलग्न गराइने गरेको यथार्थ तस्बिर हाम्रोसामु छ । त्यस्तै छ महिनादेखि ७० वर्षसम्मका नारीहरू बलात्कार भएर दिन दिनै मारिएका छन् । भारत, तिब्बत, खाडी मुलुक आदि देशमा नारकीय जीवन बिताउने महिला धेरै छन् । बोक्सीको नाममा अवला महिलालाई ज्युउँदै जलाइँदै छ । आफ्ना खुसीमा रम्न होस् वा छोरा नपाएको निहुँमा जिम्मेवार पद धारण गरेका व्यक्तिबाट नै श्रीमतीहरू मारिएका मारिएकै छन् । घरेलु हिंसाको सिकार, बलात्कार, बेचखिबनका सिकारबाट नेपाली महिला उम्कन सकेका छैनन् । नारी हक, हितका आवाज तथा आश्वासन प्रशस्तै मुखरित हुँदै छन् तर पनि तिनीहरूको अक्षरशः पालना गरिएको यथार्थ छैन । छोरीलाई अंश दिने कुरा होस् वा आमाको नामबाट नागरिकता लिने काम नै किन नहोस् हैरानीको पक्ष बनिरहेको छ । प्रशासनिक, राजनीतिक, आर्थिक जस्ता हरेक देश र समाजका महìवपूर्ण क्षेत्रमा नारी सहभागितामा कमी रहेको छ । महिला सहस्राब्दी विकास लक्ष्यका निम्ति महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र घोषणापत्रप्रति नेपालले प्रतिबद्धता प्रकट गरेको छ । क्षमता, योग्यता र मेहनतले गर्नुपर्ने काममा क्षमता नै खोज्छन् । यसका लागि महिलाले आफ्नो क्षमता नै अभिवृद्धि गर्नु पर्छ । महिला आफैँ अगाडि नबढी समाजमा स्थापित हुन सक्दैनन् । यसका लागि महिलाविरोधी हिंसामा दण्डहीनता अन्त्य, प्रजनन् स्वास्थ्यमा पहुँच, सम्पत्तिमा महिला अधिकार, श्रम संरक्षणमा समान पहुँच, सरकारी निकायमा महिला सहभागिता वृद्धि, विभेदकारी कानुनहरू खारेजी, शान्ति सुरक्षा प्रव्रिmयामा महिला सहभागिता अभिवृद्धि, अन्तर्राष्ट्रिय सन्धिसम्झौताको पालना जस्ता विषयवस्तु बुझ्नु आवश्यक छ । यस निम्ति पाठ्यक्रममा यी विषयलाई समावेश गरेर बोधगम्य बनाउनु पर्छ र जनस्तरसम्म पुर्याउने योजना बनाउनु पर्छ, यसले गर्दा सहरबजार केन्द्रित कामहरू ग्रामीण क्षेत्रमा बसोबास गर्ने बहुसङ्ख्यक महिला पनि यसको दायरामा छिर्न सक्छन् । समुदाय क्षेत्रमा महिलाले गरेका कार्य उल्लेखनीय देखिएका छन् । सामुदायिक वन उपभोक्ता समूह यसैको उदाहरण हो । समुदायमा आधारित सिँचाइ कार्यक्रममा महिला उपभोक्ता समूहले गरेका काममा अनुसन्धान गरेर अमेरिकी प्राध्यापक ओस्ट्रमले नोबल पुरस्कार नै हात पार्नुभयो । हैसियत बिग्रिएको वन, हैसियत बिग्रिएका गाउँले समुदायलाई सरकारले हस्तान्तरण गरेपछि संसारलाई नै अचम्ममा पार्ने उदाहरण नेपालभर प्रस्तुत भएका छन् । सामुदायिक वन उपभोक्ताहरूको छाता सङ्गठन फेकोफन अहिले सुशासन र समुदायलाई अधिकार सम्पन्न पार्ने यस्तो संस्था बनेको छ, जसमा महिला सङ्ख्या बढी हुनुको साथै प्रायः निर्णय तहमा महिलाकै वर्चस्व छ । हुन त महिला सहस्राब्दी विकास लक्ष्यको उद्देश्यमा महिलालाई नै अधिकार सम्पन्न तुल्याउने सोच हो तर के अबको बाँकी समयमा पारिवारिक, सामाजिक, राजनीतिक, प्रशासनिक तहका निर्णय प्रक्रियामा महिला सशक्त हुनसक्छन् त ? स्वास्थ्य सेवामा महिला पहुँच अब चार वर्षमा ग्यारेन्टी हुन सक्छ त ? रोजगारीमा महिला पहुँच बढ्छ ? ज्यालामा लैङ्गिक असमानता र महिला हिंसा निर्मूल हुन्छ ? लैङ्गिक असमानता जनाउने विभेदकारी कानुन संशोधन र नयाँ निर्माण यसबिच सम्भव छ ? कुनै गाउँ जिल्लामा गरेका एकदुई एनजिओ आइएनजिओ अनि सरकारी निकायको कर्मचारीतन्त्रको टिप्पणी र कागजी खेस्राले के महिलालाई रोजगार बनाउन सकिन्छ ? लैङ्गिक सचेतना कार्यक्रममा केही व्यक्ति जम्मा पारेर भाषण गर्दैमा प्रभावकारी हुन्छ ? महिला विरुद्धका हिंसाका घोषणाले महिला हिंसा कम भएका छन् ? चुनावमा उम्मेदवारी बनाएर महिलालाई भेला गराएर गरिएको भाषणबाजीले के निर्वाचनभित्रको राजनीति सम्बोधन भइहाल्छ ? यी यावत् कुरामा अधिकारका लागि महिलाले समाजसँग अझ धेरै लड्न बाँकी नै छ । नेपालमा पछिल्लो समय महिला आन्दोलन डिजिटल प्रविधिसँग जोडिएका छन् । लैङ्गिक हिंसाविरुद्ध सामाजिक सञ्जालमा मि टु, रेप प्रोटेस्ट टीवाइएफ ओमेन राइट्स जस्ता अभियानहरूले आवाज उठाइरहेका छन् । न्यायका लागि सडकमा निस्किनुका साथै अनलाइन माध्यमबाट दबाब सिर्जना गर्न महिलाहरू सफल भएका छन् । यस प्रकार सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा दोस्रो समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चका दिन समाजवादी नेत्री क्लारा जेटकिनले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउन राखेको प्रस्ताव पारित हुनुले यो दिवस आजपर्यन्त जीवित छ । नेपालले पनि ८ मार्चका दिन विश्वका अन्य राष्ट्रहरूमा झैँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको छ । यो वर्ष पनि युवती र महिला अधिकारका कुराहरू लिएर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।
देशकै सबैभन्दा ठुलो चक्ला वन बाँकेमा रहेको छ । डिभिजन वन कार्यालय बाँकेका अनुसार जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ र ८ मा पर्ने शमशेरगन्ज–माधेवास चक्ला वन देशकै सबैभन्दा ठुलो
महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै उनीहरूलाई सम्मान दिनु आवश्यक छ । महिलाको प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउनेलगायतका उद्देश्य पूरा भए मात्र दिवस मनाउनुको अर्थ हुने छ ।अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको वार्षिक दिनका रूपमा सम्झिने दिन हो । जसलाई संयुक्त राष्ट्रसङ्घले समेत मान्यता दिएको छ । मार्च ८ मा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यव्रmम गरी मनाइँदै छ । महिला मुक्ति आन्दोलनकी नेतृ क्लारा जेट्किनको नेतृत्वमा भएको महिला हकाधिकारको आन्दोलनले सन् १९०८ मा न्युयोर्क सिटीमा १५ हजार महिलाले कामको आधा घण्टा छोट्याउन, राम्रो तलब दिन र मताधिकारको अधिकार प्राप्त गर्न विरोध प्रदर्शन गरेका थिए । सन् १९१० मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राखे अनुसार सन् १९११ देखि मार्च ८ तारिखका दिनमा यो दिवस मनाउन थालिएको हो । विश्वमा पहिलो पटक सन् १९११ मा डेनमार्क, अस्ट्रिया, जर्मनी र स्विट्जरल्यान्डमा यो दिवस मनाइएको थियो । राष्ट्रसङ्घले यो दिवस सन् १९७५ देखि नियमित रूपमा विश्वभर नै मनाउन सुरु गरेको थियो । नेपाल सरकारले नारी दिवसका दिन सार्वजनिक बिदा दिई सम्पूर्ण श्रमजीवी नारीप्रति सम्मान व्यक्त गर्दै आइरहेको छ । राष्ट्रसङ्घले यो वर्ष २०२५ को अन्तर्राष्ट्रिय नारी दिवसको नारा “सबै महिला र केटीहरूका लागि ः अधिकार, समानता, सशक्तीकरण” भन्ने तय गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा महिलाका समस्या र समाधानका बारेमा बहस र छलफल गरी परिणाम आउने र न्याय पाउने हुनु पर्छ । विश्व एक्काइसौँ शताब्दीमा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा प्रविधिमा महिलाको पहुँच बढाउनु पर्छ । आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति समेत महिलालाई उचित सहयोग गर्ने संरचनालाई सबल बनाउँदै विद्यमान कानुनमा भएका कमीकमजोरी र त्रुटि हटाउँदै उनीहरूको पहुँच पुग्न सक्ने र न्याय र अवसर पाउने खालको कानुन निर्माण गर्नु पर्छ । महिला सशक्तीकरणका लागि सृजनात्मक कार्यव्रmम सञ्चालन गरिनु पर्छ । नेपालमा हुने गरेका परिवर्तनका आन्दोलनमा नेपाली महिलाले अग्रमोर्चामा रहेर सङ्घर्ष गरी परिणाम प्राप्त गरेको इतिहास छ । देशको जनसङ्ख्याको आधाभन्दा बढी भाग महिलाले ओगटेकोे छ । उनीहरूलाई अझै पनि चुलो, चौकामै सीमित राख्ने कार्य भइरहेको देखिन्छ । नेपाल सरकारले ‘सबै महिला र केटीहरूका लागि ः अधिकार, समानता, सशक्तीकरण’ नारालाई व्यवहारमा उतार्न कुनै कसर बाँकी राख्नु हुँदैन । अहिले राजधानीलगायत देशका विभिन्न स्थानमा महिला तथा बालबालिका दिनदहाडै बलात्कृत हुन पुगेका छन् । अनाहकमै घरपरिवारको विभेद, दाइजो, कुसंस्कारका कारण ज्यान गुमाउन पुगेका छन्, यसतर्फ राज्यको खासै ध्यान जान सकिरहेको देखिँदैन । नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत महिलाको हकको व्यवस्था गरिएको छ । “प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुने छ, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने छ” भनी व्यवस्था गरिएको छ । संविधानमा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुने छ भनी व्यवस्था गरिएको छ । उक्त हकमा कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने छ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने छ भनी संविधानमै व्यवस्था गरिएको छ । अहिले हाम्रो समाजमा यी प्रावधानको उचित कार्यान्वयन पाइँदैन । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक संविधानमा छ । संविधानमै महिलाको ३३ प्रतिशत संसद्मा प्रतिनिधित्व सुरक्षित छ । रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले मात्रै महिलाको पीडा कम हुन सक्दैन । हाम्रा समाजमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाले अवसर प्राप्त गर्ने गरी नेपाल सरकारले रोजगारी वृद्धि गर्नु आवश्यक छ । पैत्रिक सम्पत्तिमा छोरीलाई पनि छोरासरह समान अधिकार भनिए पनि व्यवहारमा लागु हुन सकिरहेको देखिँदैन । महिलाले प्राप्त गरेका समावेशी अधिकारलाई उत्पीडित वर्गका महिलाले भन्दा पनि टाठाबाठा र उपल्लो वर्गका महिलाले सुविधा उपभोग गरेको देखिन्छ । राजनीति भनसुन, पद र सत्ताको आडमा महिलाले महिलालाई नै पछि पार्ने उदाहरण हाम्रासामु नभएका होइनन् आफू जीवित रहुन्जेल कुनै न कुनै पद र राज्यको सुविधा भोग्ने प्रवृत्ति भएका महिला पनि यथेष्ट रहेका देखिन्छन् । श्रम गर्ने महिलाले समान कामको समान ज्यालासमेत प्राप्त गर्न सकेका छैनन् । विदेशमा श्रम गर्न गएका कतिपय महिला कैयौँ अलपत्र परेका छन् भने कतै मालिकबाटै बलात्कृत, गर्भवती भई डिप्रेसनमा गई मृत्युवरणसमेत गर्न पुगेका छन् । त्यस्तै गरी महिला हिंसा र बेचबिखनको समस्या घट्न सकिरहको छैन । यसतर्फ सम्बन्धित निकायको ध्यान समयमै जानु पर्छ । विश्वभर नै महिलाका पक्षमा समय समयमा विभिन्न कार्यव्रmम भई नै रहेका छन् । लैगिक हिंसाकै कारण विश्वस्तरमा महिलाको अनाहकमा ज्यान जाने व्रmम रोकिन सकेको छैन । नेपालमा लैङ्गिक हिंसाविरुद्धमा विविध सचेतनामूलक कार्यव्रmम मनाउने गरिएको छ । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारका रूपमा स्थापित गरी लैङ्गिक समानता कायम गर्न नेपाल सरकारले पहल गरे पनि व्यवहारमा भने कुनै परिवर्तन आउन सकेको देखिँदैन । नेपालमा बर्सेनि महिलामाथि हुने हिंसा, घरेलु हिंसा न्यूनीकरणका लागि सर्वप्रथम महिला स्वयम् जागरुक र चनाखो हुनु पर्छ । आफू अन्यायमा परी परी पनि आफ्नो घरपरिवार र समाजको इज्जत जान्छ भनेर चुप लागेर बस्ने परम्पराको अन्त्य हुनु आवश्यक छ । कानुनको अनभिज्ञता क्षम्य हुँदैन भने जस्तै चुप लागेर बस्नेलाई न्याय पाउन सक्दैनन् । आजका बालबालिका नै भोलिका कर्णधार हुन्, त्यसैले तिनलाई संविधानप्रदत हकाधिकार, जन्मसिद्ध अधिकार प्रदान गर्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन । बालबालिकालाई उचित शिक्षादीक्षा, मनोरञ्जन दिनु राज्यको कर्तव्य हो तर आजभोलि समय र प्रविधि सँगसँगै महिला तथा बालबालिका पनि परिवर्तन भएका छन् । फेसबुक, इमेल, इन्टरनेटले गर्दा उनीहरू सक्षम मात्रै होइन नराम्रो कुसंस्कारको समेत रोगी र सिकार बन्न पुगेका छन् । तिनकै कारणले उनीहरू सानै उमेरमा बलात्कृत बन्न पुगेका छन्, अनाहकमै बन्धक, अपहरण र मृत्युवरणसमेत गर्न पुगेका छन् । यसतर्फ हामी सबैको ध्यान जानु आवश्यक छ । सरकारले महिला हिंसाविरुद्धको अभियानमा विगतका वर्षदेखि नै विभिन्न प्रतिबद्धता र कार्यव्रmम ल्याए पनि कार्यव्रmम प्रभावकारी रूपमा लागु हुनन सक्नु र लक्षित वर्गको पहुँचमा नपुग्दा दिनहुँ जस्तो महिला हिंसा र बालबालिकामाथि हुने हिंसा हुने व्रmम रोकिन सकिरहेको छैन । महिला हिंसापीडितले आफू अन्यायमा परी न्यायको माग गर्दा समेत समयमै न्याय नपाउने, जबर्जस्ती रूपमा सुरक्षा निकायले मिलापत्र गरिदिने, डर, धाक धम्की, प्रलोभन देखाई गाउँमै मिलापत्र गरिदिने गलत परम्पराले गर्दा अझै पनि वास्तविक रूपमा महिला हिंसाका घटना सार्वजनिक हुन सकिरहेका छैनन् र पीडकले न्यायको प्रत्याभूत गर्न सकिरहेका छैनन् । देशमा राजनीतिक स्थायित्व सँगसँगै नेपालले महिला हक, अधिकार र मानव अधिकारको संरक्षण, सम्बर्धन गर्दै संविधानले सबै किसिमका विभेदसहित लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्पलाई पूरा गर्नुपर्ने राज्यको दायित्व पनि हो । नेपालमा विसं २०२१ को मुलुकी ऐन खारेज गरी मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता कार्यान्वयनमा आएको छ । यस संहिताका थुप्रै प्रावधानमा महिलाको हकाधिकारका रहेका छन् । अहिले सो संहिता कार्यान्वयन भइसकेको छ । महिलाविरुद्ध हुने हिंसाका कुनै न कुनै तबरबाट घटना सार्वजनिक हुनु पर्छ । घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याउनै पर्छ तर यो अभियान कसैको नैतिक आचरण, रिसइवी साट्ने कार्यमा मात्रै प्रयोग हनु कदापि हुँदैन । महिला विरुद्ध घरेलु हिंसा निम्त्याउने प्रमुख कारण दाइजो, मादक पदार्थ, जुवातास, परस्त्री राख्ने, बालविवाह, बहुविवाह आदि प्रमुख हुन् । यस्ता कार्यलाई निरुत्साहित गर्न राज्यले विशेष भूमिका खेल्नु पर्छ । महिलालाई शैक्षिक र आर्थिक रूपमा सक्षम बनाउनु पर्छ । महिलासँग सम्बन्धित समस्यामा घरेलु हिंसा र चेलिबेटी बेचबिखन, शैक्षिक, आर्थिक, राजनीतिक, शारीरिक, कानुनी, आमसञ्चार माध्यम, धार्मिक समस्या, पारिवारिक समस्या र अन्य विविध समस्या समाधान तर्फ अघि बढ्नु पर्छ । महिलाविरुद्ध भेदभावपूर्ण कानुन, विद्यमान संयन्त्रको प्रयोग नहुनु, सीमित क्षेत्रमा मात्र विशेष व्यवस्था, समानताको सिद्धान्तको अवधारणागत स्पष्टताको अभाव, विभेदित स्थितिको मूलकारण औँल्याउन नसकिएको र निर्णयक तहमा न्यून महिला सहभागिता नै नेपाली महिलाका समस्या हुन् । महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि महिलालाई सक्षम स्वावलम्बी बनाउनु पर्छ । यसका लागि सरकारले विशेष किसिमको नीति निर्माण गर्नु पर्छ । महिला सक्षम, जागरुक र शिक्षित हुनु पर्छ । जसका लागि महिलालाई उचित शिक्षा र कानुनी उपचारको व्यवस्था गरिनु पर्छ । योग्यता तथा दक्षता भएका महिलाका लागि राज्यले विशेष अवसर प्रदान गर्नु पर्छ । राज्यले विभेदकारी कानुनलाई अन्त्य गर्दै समानतामा आधारित कानुन निर्माण गर्नु पर्छ । परस्परमा बाझिने कानुन अविलम्ब संशोधन गर्नु पर्छ । महिलाको क्षमता अभिवृद्धि, दक्षतावद्धि आदि कार्यव्रmम निर्माण गरी गाउँदेखि केन्द्रसम्म लागु गर्नु पर्छ । महिलामाथि हुने हिंसा अन्त्यका लागि राज्य संयन्त्रबाटै पहल गरिनु पर्छ । विभिन्न समयमा गरिएका महिलासँग सम्बन्धित सम्झौता वडापत्रमा गरिएका व्यवस्था अक्षरशः पालना गरिनु पर्छ । विश्वसामु नेपाललाई चिनाउन ऐन, नियम, कानुनको पालना गरी अघि बढ्नु पर्छ । महिलाको हकहितका लागि नागरिक समाज, राजनीतिक दल, शिक्षक, विद्यार्थीलगायत स्वयम् महिला मिली एकताबद्ध भई लाग्नु आजको आवश्यकता हो । विश्वभरि विभिन्न क्षेत्रमा कार्य गर्ने महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिलालाई सम्मान दिनु आवश्यक छ । महिलाको प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउनेलगायतका उद्देश्य पूरा भए मात्र दिवस मनाउनुको अर्थ हुने छ । यसतर्फ सम्बन्धित निकायले समयमै पाइला चाल्नु आवश्यक छ ।