यहाँको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि जिब्रो छेडाएर लोप हुन लागेको परम्परालाई निरन्तरता दिनु हुनेभएको छ ।
सङ्घीयतापछि स्थापना भएका स्थानीय तह गाउँपालिका र नगरपालिकाका संवैधानिक न्यायिक समितिमा ४१० थान उजुरी परेका छन् । २०७४ सालपछि यहाँका स्थानीय तहमा निर्माण गरिएको न्यायिक समितिमा हालसम्म सो सङ्ख्याका उजुरी दर्ता भई फस्र्योटसमेत भइसकेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोक्नुभएको छ ।
दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने टिङ्करमा नेपाल सरकारको अध्यागमन कार्यालय स्थापना हुन सकेको छैन । नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ कात्तिक ८ गतेको बैठकले यहाँको भारत र चीनसँग जोडिएको सीमानाका टिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो ।
बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ । मोहना र घुरहा नदीको सङ्गमनजिक झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको हो । मोहना नदीपारि रहेको सो गाउँका स्थानीयले नदी वारपार गर्न डुङ्गा प्रयोग गर्दै आएका थिए ।
जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले राष्ट्रिय गौरबका आयोजनालाई सधैँभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोडदिनुभएको छ ।
सोमबार (आज) बिहान बेनीको पर्यटकीय स्थल लभ्लीहिलबाट देखिएको बेनी बजारको दृश्य । कालिगण्डकी र म्याग्दी नदीको किनारमा अवस्थित बेनी प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा लिइन्छ ।
रुपनी गाउँपालिकाका किसान र बासिन्दाले खानेपानी र सिँचाइको समस्या समाधान गर्न गाउँपालिकालाई दबाब दिएका छन् ।
नारायणी नदीमा निर्माण गर्ने भनिएको ‘सिग्नेचर ब्रिज’ को अहिलेसम्म डिजाइन नै तयार हुन सकेको छैन । चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको तुँदी कन्स्ट्रक्सन प्रालिले दुई वर्ष तीन महिना पूरा हुँदासम्म डिजाइन तयार पार्न नसकेको हो । भारतीय विज्ञले डिजाइन तयार पारेर पुल महाशाखामा पेस गरेको थियो तर त्यो डिजाइनमा चित्त नबुझेपछि महाशाखाले अर्को डिजाइन पेस गर्न निर्माण कम्पनीलाई भनेको थियो । त्यसपछि चिनियाँ विज्ञको नेतृत्वमा डिजाइन पेस गर्न अध्ययन थालेकोमा विज्ञले अहिलेसम्म डिजाइन पेस गर्न सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
मुस्ताङको प्रमुख उत्पादन स्याउ टिप्ने पूरानै समय तालिकालाई कायम गरिएको छ । स्वादिलो र अर्गानिक स्याउका रूपमा पहिचान बनाएको मुस्ताङबाट काँचो स्याउ बजारमा लैजाँदा पहिचान गुम्ने भन्दै जात र गुणको आधारमा बजारमा पठाउने तालिकालाई कार्यान्वयन गर्न कृषकलाई अनुरोध गरिएको छ ।
यही साउन १४ गते राति गुल्मीदरबार–२ जुभुङ्ग झिरबासका सन्देश विकको परिवार मस्त निद्रामा थिए । एक्कासी घरमाथिको पर्खाल भत्किएर घर च्याँपेपछि सबै परिवार भागेर बाँच्न त सफल भए । तर पर्खालले विकको घर पूर्ण रुपमा क्षति भयो । जसका कारण विक परिवार अहिले घरबासविहीन बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुग्नुभएको छ ।