सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल फेरि निर्देशकविहीन भएको छ । प्रदेश अस्पतालका निर्देशक डा. केशरबहादुर ढकाल स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा बढुवा भएर गएपछि प्रदेश अस्पताल निर्देशकविहीन भएको हो । डा. ढकाल गत असार २४ गतेसम्म अस्पतालमा निर्देशकका रूपमा हाजिर हुनुभएको थियो । साउन १ गते उहाँ स्वास्थ्य मन्त्रालय जानुभएको छ ।
अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको कालीगण्डकी करिडोरसहितका मुख्य सडकहरु अवरुद्ध भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले एक वर्षमा १६५ किलोमिटर सडक कालोपत्रे गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ३४ किलोमिटर सडक ढलान गर्नुका साथै १६७ किलोमिटर ग्राभेल र १२३ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न गरेको छ । प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकार बनेकोे एक वर्षको उपलब्धिमा सो कुराको दाबी गरिएको छ ।
कञ्चनपुरमा एक युवती मृत फेला परेपछि प्रहरीले सोधपुछका लागि उहाँका श्रीमानलाई नियन्त्रणमा लिएको छ । आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।
भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो ।
तत्कालीन राज्य पक्ष र विद्रोही नेकपा (माओवादी) बिच भएको सशस्त्र युद्ध अन्त्य भएको २० वर्ष पूरा भइसकेको छ । २०५२ फागुन २ गते देखि माओवादीले सशस्त्र युद्ध सुरु गरेकोमा २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि युद्धविराम भएको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको जिल्ला कार्य समिति चयनको लागि आज (सोमबार) मतदान हुने भएको छ । निर्वाचन समितिले आइतवार साँझ सूचना जारी गर्दै संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।
मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
गुल्मीको सत्यवतीमा अर्घेला पाखापखेरालाई फलफूलको बगान बनाउन आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८३ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिएका छन् ।
कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ ।
यहाँको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ ।
सरकार आफैँले तोकेको अनुदान रकम कटौती गरेपछि उखु उत्पादक संघ रौतहटले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ ।