• १९ साउन २०८२, सोमबार

कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक अवरुद्ध

blog

बाँदरे भिरमा ढुङ्गासहितको पहिरो । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), साउन १९ गते ।
अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको कालीगण्डकी करिडोरसहितका मुख्य सडकहरु अवरुद्ध भएका छन् ।

कालीगण्डकी करिडोरको रिडी–पुर्तिघाट सडक खण्डमा वडा नम्बर २ को गरगरे, मुल्क र वडा नम्बर ३ को कनौमा पहिरो खसेको छ । यस्तै, रिडी–वामी सडक खण्डको सत्यवती गाउँपालिका वडा नम्बर ६ स्थित डहरे खोलामा पानीको बहाव बढेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रिडी–तम्घास सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ सल्लेरीमा पहरोका कारण सडक अवरुद्ध भएको छ । यस्तै, सत्यवती गाउँपालिकाको वडा नम्बर ५ स्थित बाँदरे भिरमा सडक माथिबाट ठुलो ढुङ्गासहितको पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीहरु चल्न सकेका छैनन् ।